मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीका कांग्रेस नेताले फिर्ता गरे गाडी

कर्णालीका कांग्रेस नेताले फिर्ता गरे गाडी

  • शुक्रबार, जेष्ठ २३, २०७७
कर्णालीका कांग्रेस नेताले फिर्ता गरे गाडी
कांग्रेस नेता जीवनबहादुर शाही ।

सुर्खेत : कर्णाली प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गाडी फिर्ता गरेका छन् । यसअघि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गरेका थिए । प्रदेश सभा सचिवालयलाई आफूले प्रयोग गरेको गाडीको चाबी हस्तान्त्रण गर्दै कांग्रेस नेता शाहीले कर्णालीका मन्त्री तथा सांसदलाई पनि महंगा गाडी नचड्न आग्रह गरेका छन् ।

आर्थिक रुपमा अन्य प्रदेशभन्दा कर्णाली गरिब प्रदेशको रुपमा चिनिएको भन्दै सबै महंगा गाडी बेचेर सस्ता गाडी प्रयोग गर्नुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले वित्तीय अनुसाशन तथा आर्थिक मितव्यीता कायम गर्न महंगा गाडी प्रयोग गर्न नहुने उनको तर्क छ । ‘कोरोनाको संक्रमणले कर्णाली थला पर्दै गएको छ । यहाँ भैंसी गोठमा मान्छेलाई क्वारेन्टाइन राख्नुपरेको छ, उनले भने,’ ‘कर्णालीका मन्त्री तथा सांसदले गाडी सुविधा लिएकोबारे धेरैले आलोचना गरेपछि गाडी फिर्ताको अभियान मैले गरेको हुँ।  अरुले पनि फिर्ता गरुन् ।’

प्रमुख प्रतिपक्ष संसदीय दलको नेताको हैसियतमा कानुनले पाउनुपर्ने गाडी पा‍ए पनि महंगो गाडी नचड्ने उनले बताए । कर्णाली प्रदेश सरकारले यहाँका मन्त्री तथा सांसदलाई ५० लाख बढीका गाडी सुविधा दिएको छ ।

व्यंग्यात्मक शैलीमा उनले थपे, ‘महंगो गाडी चड्ने मेरो हैसियत होइन । मेरो गाउँमा बाटो पुगेको छैन । मेरो गाउँले खाली खुट्टा हिडिँरहेका छन् । जनता भोकभोकै छन् । उपचार नपाएर मर्नुपरेको छ । मन्त्रालय तथा सरकारी कार्यालयमा एसी जडानदेखि अनावश्यक व्यवस्थापन खर्च भइरहेको छ ।’ विभिन्न संसदीय समितिका अध्यक्ष र मन्त्रीहरुको पनि स्कार्पीयो गाडी चड्ने हैसियत नभएको भन्दै मोटरसाइकल सेवा दिनुपर्ने उनको भनाइ छ । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार