लक्ष्मीराज पाध्याय– कोभिड १९ ले बिश्वनै त्रसित बनेको छ । नेपालमा अलि पछाडी कोरोनका संक्रमण फैलिएन शुरु भएपनि अहिले तिब्र रुपमा फैलिरहेको छ । भारत बाट आउनेको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ भने, १० जनाको मृत्यु समेत भइसकेको छ । यो बेला उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि निकै त्रसित बनेका छन् ।
बाजुरा जिल्लामा पनि आरडिटि चेकमा पोजेटिभ देखिनेको सख्या बढिरहेको छ । एकजना २ बर्षयी वालिकाले जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतवार बिहाना मृत्यु भइसकेको छ । उनकि २३ बर्षिय गर्भवति आमा संक्रमित छन्, उनको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनका श्रीमान संक्रमित नभएपनि त्यहि आइसोलेसनमा रहेका छन् । कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी पनि निकै जोखिममा हुने गरेका छन् ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा सहितको टिम कोरोना बिरामीको उपचारमा संलग्न रहेका छन् । डा. बिश्वकर्मा भन्छन्, उपचार गर्दा गर्दै वालिकालाई बचाउन सकेनौ निकै पछुतो लागि रहेको छ् । धेरै प्रयास गरयौ, वालिका बचाउन सकेनौ आमाको स्वास्थ्य भने सामान्य रहेको वताएका छन् । अस्पताल पु¥याउँदा बालिका अचेत अवस्थामा थिइन् । मुटुको धड्कन तीव्र गतिमा चलिरहेको थियो । ज्वरो उच्च थियो, स्वास फेर्न पनि गाह्रो भइरहेको थियो । झाडापखाला भइरहेकै थियो । हामीले त्यो दिन नशाबाट औषधि दियौं । शरीरमा अक्सिजनको मात्रा पनि निकै कम देखिएकाले अक्सिजनको व्यवस्था मिलायौं ।
स्लाइनबाट औषधि दिइसकेपछि बालिकाले हलचल गरिन्, अन्तमा मृत्युको मुखमा पुगिन् । आइसोलेसनमा रहेका २ जना र मृतक वालिका १५ गते अस्पतालको आइसोलेनमा ल्याइएको थियो । वालिकामा ल्याउने बेलानै कोरोनाको लक्षण देपा परेको थियो, अस्पतालको टिमले सल्लाह गरेर ५ जनाको टिम उपचारमा खटिएको बिश्वकर्माले वताएका छन् । हामि सबै साथिहरु आत्माबलका साथमा उपचारमा संलग्न रहेको छौ, स्वास्थ्यर्कीले गर्न सक्ने सेवा बाट कहिले पछि नहटने वताए । उपचारमा संलग्न ५ जना स्वास्थ्यकर्मीको पिसिआर रिपोट नेगेटिभ आइसकेको छ । डा. बिश्वकर्मा भन्छन्, हामिले निकै जोखिममा काम गरेका थियौ, स्वास्थ्य सुरक्षा सामाग्री लगाएर उपचार गर्दा केही नहुने वताएका छन् । अझै आत्मावल बढेको उनले बडिमालिका खबरलाई बताएका छन् ।
कोरोना भाइरस संक्रमणको असर समाचारमा मात्र सुन्ने गरेका हामीले यतिबेला आँखै अगाडि मृत्यु र परिवारको बिचल्ली देख्नुपर्दा थेग्न नसक्ने पीडा अनुभूत भएको छ, तर पनि हामी बिचल्लीमा छैनौ, कोरोना संक्रमितको उपचारमा लागि पर्ने वताए । अन्य स्वास्थ्यकर्मीलाई हतोसाहित नहुन पनि आग्रह गर्छन् । जिल्ला अस्पतालको प्रमुखका रुपमा रहेको बिश्वकर्माको घर बाजुराको बुढिनन्दा नगरपालिकामा हो । उनि बिरामीको उपचार मात्र गर्दैन्, पैशा अभाब भएका बिरामीलाई सहयोग गर्ने गरेका छन् ।
अस्पतालमा उपचार गर्छौ यहाँ सम्भब नभए बाहिर पठाउनु पर्ने हुन्छ, बिरामीको आर्थिक अभाब हुन्छ, मनमा पिडा हुन्छ, थोरै भएपनि सहयोग गर्दै आएको वताएका छन् । उनि थप्छन्, हाम्रो सानो सहयोगले कसैको ज्यान बाच्छ, भने किन सहयोग नगर्ने ! डा. रुपचन्द्रले बादुर दमाई, गौचना मियाँ लगायतका बिरामीलाई आर्थिक सहयोग गरेका थिए । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापा भन्छन्, डा. रुपचन्द्र बिरामीको उपचार मात्र गर्दैन, पैशा नभएको बिरामीलाई सहयोग गर्छन्, उनि एक महान चिकित्सक हो । डा. बिश्वकर्माले गाँउमा गएर चिकित्सक सेवा पनि सुचारु गरेका थिए ।
उनि आफै गएर वा अस्पतालको अन्य टिमलाई पठाएर स्वास्थ्य संस्था गएर चिकित्सक सेवा दिएका थिए । ३ बर्ष पहिला धनगढी जाँदा बाटोमा अलपत्र रहेका बिरामीलाई स्टेचरमा आफै बोकेर सहयोग समेत गरेका थिए । अस्पतालको टिम राम्रो भएकाले नै हाम्रो उपचारमा हौसला बढिरहेको बिश्वकर्मा बताँउछन् ।