बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • प्रेस संगठन बैतडीका संयोजक चन्द्रकान्त अवस्थीले शिवांश बचाउ अभियानमा १ लाख नगद सहयोग

प्रेस संगठन बैतडीका संयोजक चन्द्रकान्त अवस्थीले शिवांश बचाउ अभियानमा १ लाख नगद सहयोग

  • बिहिबार, जेष्ठ २२, २०७७
प्रेस संगठन बैतडीका संयोजक  चन्द्रकान्त अवस्थीले शिवांश बचाउ अभियानमा १ लाख नगद सहयोग

बैतडी– प्रेस संगठन बैतडीका संयोजक तथा रेडियो निङ्गलाशैनीका बजार व्यवस्थापक चन्द्रकान्त अवस्थीले शिवांश बचाउ अभियानमा १ लाख नगद सहयोग गरेका छन् । भारतको चेन्नईमा कलेजो प्रत्यारोपण गरिएका शिवांशको उपचारमा सहयोग पुर्याउनका लागि आफूले सहयोग गरेको अवस्थीले बताए । समस्यामा परेका बेला सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको अवस्थीले बताए ।उनले भने ‘१४ दिनमै कलेजो प्रत्यारोपण भएको बच्चाले पुनजीर्वन पाएको छ । यसमा हाम्रो सहयोगले उसको जीवन बच्दैछ त्यसैमा खुसी भएका छौं । अरु सहयोगी मनहरुलाई पनि शिवांश बचाउ अभियानमा सहयोग गर्न आग्रह गर्दछु अवस्थीले भने ।’

रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीका छोरा शिवांशको १४ दिनमै कलेजोले काम गर्न छोडेपछि भारतको चेन्नइमा कलेजो प्रत्यारोपण गरिएको थियो । महेश अवस्थीले आफ्नै कलेजो दिएर शिवांशको कलेजो प्रत्यारोपण गरिएको हो । शिवांशको उपचारमा करीब १ करोड जति खर्च भईसकेको उनका बुवा महेश अवस्थीले बताएका छन् । शिवांशको अहिले पनि भारतको चेन्नईमा उपचार भईरहेको छ । शिवांश बचाउ अभियानमा अहिले पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको पारीवारीक श्राेतले जनाएकाे छ । आफ्नै कमाईले मात्रै शिवांशको उपचार सम्भव नभएपछि सबै सहयोगी हातहरुलाई सहयोगका लागि आग्रह गरिएको शिवासका बुवा महेश अवस्थीले बताए ।

चर्चामा

सम्बन्धित समाचार