शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको विरोध

नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको विरोध

  • बिहिबार, जेष्ठ २२, २०७७
नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको विरोध

 काठमाडौंको जोरपाटीस्थित नेपाल मेकिडल कलेजमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध बिहिबार काठमाडौँ न्यूरो तथा जनरल अस्पतालका चिकित्सकहरुले विरोध जनाएका छन् । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले उक्त घटनाको हातमा कालोपट्टि बाँधेर घोर भर्त्सना गरेको छन् । उनीहरुले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नगरिएसम्म खबदारी गरिरहने बताएका छन् । नेपाल मेडिकल कलेजमा जेठ १४ गते उपचार गराउन ल्याएका एक बिरामीको ज्यान गएको थियो ।

उक्त घटनामा चिकित्सक दोषी भएको भन्दै बिरामीका आफन्तले हातपात गरेका थिए ।उक्त घटनाको विरुद्ध काठमाडौँ न्यूरो तथा जनरल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटीविना जेल’, ‘दण्डहीनताको अन्त्य गर’, ‘स्वास्थ्यकर्मीमाथि हुने आक्रमणविरुद्ध ऐन ल्याऊ’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

मेडिकल अफिसर इन्चार्ज डा. सुनिल भण्डारीको नेतृत्वमा अस्पतालका चिकित्सकहरुले करिब एकघन्टा बिरोध गर्दै दुर्व्यवहार गर्ने माथि कारबाही माग गरेका छन् । विश्वमै कोरोना भाइरस संक्रमणको महामारीबीच आफ्नो ज्यानको बाजी राखेर काम गरिरहेका चिकित्सकमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको कन्सल्टेन्ट फिजिसियन डा.प्रतिक पौडेलले बताउनु भयो । यसअघि पनि धेरैपटक चिकित्सकहरुमाथि हातपात तथा दुर्व्यवहार हुँदै आए पनि सरकारले दोषीलाई कारबाही नगरिँदा चिकित्सकमाथि आक्रमण तथा दुव्यर्वहार हुन नरोकिएको अस्पतालका प्रबन्ध निर्देशक डा. लुज़ा मानन्धर ले स्पष्ट पारे ।

अहिलेको घटनाका दोषीलाई कारबाही नगरिएसम्म बिरोध गरिरहने र स्वास्थ्यकर्मीहरूको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्दै कार्यस्थलमा उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन सरकार र चिकित्सकसँग सम्बन्धित संघसंगठनहरुसँग माग गरेका छन् । उक्त बिरोध सभालाई सम्बोधन गर्दै अस्पताल व्यवस्थापक उमेश खत्रीले “अब समाजले स्वास्थ्यकर्मीहरुप्रति सकारात्मक व्यवहार गर्न सकेको खण्डमा मात्र अस्पतालहरु र स्वास्थ्यकर्मीहरु निर्धक्क भएर सेवा दिन सक्ने बताए “ ।

चर्चामा

सम्बन्धित समाचार