बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • प्रदेश ६
  • एकैदिन दैलेखका १०५ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन दैलेखका १०५ जनामा कोरोना संक्रमण पुष्टि

  • बिहिबार, जेष्ठ २२, २०७७
एकैदिन दैलेखका १०५ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् यस्तै मुगुका १ जना रहेका छन् । संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा ढिलागरी संक्रमण देखिएपनि भारतबाट आएकाहरु प्रदेशमा भित्रिएसँगै संक्रमित पनि थपिँदै गएका हुन् । हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

चर्चामा

सम्बन्धित समाचार