बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइयो

कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइयो

  • बिहिबार, जेष्ठ २२, २०७७
कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइयो

डोटी — डोटीमा भारतबाट आइ क्वारेन्टाइनमा बसेकालाई कोरोना रिपोर्ट नआउँदै घर पठाउन थालिएको छ। सिलगढीस्थित पपमुना माविको क्वारेन्टाइनमा रहेका ५८ जनालाई घर पठाएको हो।उनीहरुमध्ये केहीको पीसीआर परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएका हो।

आरडीटी रिपोर्ट भने सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले पाँच दिनदेखि १० दिनको बीचमा पीसीआर परीक्षण लिनुपर्ने हो तर पीसीआर भीटीएम अभावका कारण सबैको पीसीआर नलिएर आरडीटी परीक्षण गरिएको हो।

‘नमूना पीसीआर परीक्षणको पनि रिपोर्ट आएको छैन, प्रमुख मलासीले भने, ‘१४ दिन पुगेपछि आरडीटी चेकजाँच गरेर सबैको नेगेटिभ आएकाले घर पठाएका हौं ।’ यदि उनीहरुबाट लिइएको पीसीआर नमूना परीक्षणमा पोजिटिभ देखिए सम्बन्धित व्यक्तिको घरमै गएर आइसोलेसनमा राखिने र कन्ट्र्याक्ट ट्रेसिङ गरिने समेत मलासीले बताए ।

‘एक हप्ता होम क्वारेन्टाइनमै बस्नु भनेर उनीहरुलाई सम्झाएर घर पठाएका छौं, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, ‘भारतबाट जिल्ला फर्कनेको संख्यामा कमी नभएकाले क्वारेन्टाइनको व्यवस्थापन गर्नमै समस्या भएकाले १४ दिन पुग्ने वित्तिकै घर पठाउनुपर्ने बाध्यता आएको हो।’

उनीहरु बसेको क्वारेन्टाइनमा नयाँ आउने व्यक्तिलाई पनि राख्नुपर्ने भएकाले घर पठाउनु परेको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ। दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले भनिन्, ‘२१ दिनसम्म राख्ने कुरा गरेका हौं तर व्यवस्थापनमा कठिनाइ हुने भएकाले होम क्वारेन्टाइनमै बस्ने गरी सबैको कागजपत्र बनाएर घर पठाएका हौं ।’ अन्नपुर्णपाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार