शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • दुई महिलाले क्वारेन्टिनमा बच्चा जन्माइन

दुई महिलाले क्वारेन्टिनमा बच्चा जन्माइन

  • बिहिबार, जेष्ठ २२, २०७७
दुई महिलाले क्वारेन्टिनमा बच्चा जन्माइन

डोटीमा क्वारेन्टिनमा बसेका दुई जना महिलाले बच्चा जन्माएका छन्। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टिनमा २१ वर्षिया गीता आउजी र शिखर नगरपालिका वडा नम्बर ३ को भवानी आधारभुत विद्यालय खन्याडी छडिमाण्डौको क्वारेन्टिनमा बसेकी २५ वर्षिया पुजा सार्कीले शिशु (छोरा) जन्माएका हुन्।

आउजीले बुधबार राती पौने दुई बजेतीर क्वारेन्टिनमै छोरा जन्माएको वडाध्यक्ष राजेन्द्र खड्काले बताए। भारतको राजस्थान बस्दै आएकी आउजी कोरोना महामारीको प्रभावपछि जेठ १२ गते डोटी फर्केर क्वारेन्टिनमा बसेकी थिईन्।

शिशुको अवस्था समान्य रहेको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए। यस्तै शिखर नगरपालिका वडा नंम्बर ३ की स्थानीय पुजा सार्किले पनि बिहीबार बिहान करिब साढे पाँच बजेतिर क्वारेन्टिनमै छोरा जन्माएकी हुन्।

भारतको मुम्बैबाट जेठ १५ गते डोटी फर्केर क्वारेन्टिनमा बसेकी उनको शिशुको अवस्था पनि समान्य रहेको नगरपालिकाका स्वास्थ्य संयोजक हरीश शाहले बताए। उनीहरुको कोरोना परीक्षण गर्न भने बाँकी रहेको छ।

दुवै सुत्केरी महिलाको आरडिटी परीक्षण गरेर आउने रिर्पोटका आधारमा घर पठाउने वा थप क्वारेन्टाइनमै राख्ने भन्ने कुरा यकिन हुने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

चर्चामा

सम्बन्धित समाचार