बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • क्वारेन्टाइनमै एक महिलाको मृत्यु

क्वारेन्टाइनमै एक महिलाको मृत्यु

  • मङ्लबार, जेष्ठ २०, २०७७
क्वारेन्टाइनमै एक महिलाको मृत्यु

बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी टनाकै २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए । लुहारको अवस्था हिजो सामान्य रहेपनि आज बिहानै मृत्यू भएको उनले बताए ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किनु भएको थियो । उहाँ जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसीरहनुभएको थियो । मृतकसंगै उनका श्रीमान र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै बसीरहेका थिए । मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भएपनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उहाँका श्रीमान हरिश लुहारले बताए ।

मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार