बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • देश
  • कोरोना बाट मृतक वालिका बसेको क्वारेनटाइनमा स्वाब संकलन

कोरोना बाट मृतक वालिका बसेको क्वारेनटाइनमा स्वाब संकलन

  • सोमवार, जेष्ठ १९, २०७७
कोरोना बाट मृतक वालिका बसेको क्वारेनटाइनमा स्वाब संकलन

बाजुरामा कोरोना बाट मृतक बालिका बसेको क्वारेनटाइनमा स्वाब संकलन शुरु भएको छ । बुढिगंगा १ धुरालसैनमा माबिमा रहेको क्वारेनटाइनमा स्वास्ब संकलन शुरु गरेको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले बडिमालिका खबरलाई बताएका छन् ।
उक्क्त क्वारेनटाइनमा बसेकी २ बर्षिय बालिकाको आइतवार बिहान जिल्ला अस्पताल बाजुराको आइसोलेनसमा मृत्यु भएको थियो भने आमा पनि कोरोना पोजेटिभ रिपोट आएको थियो । मृतक बालिका बसेको क्वारेनटाइन पनि कोरोनाको उच्च जोखिम बनेपछि पिसआरका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
क्वारेनटाइनमा बसको १ सय ७३ जना, क्वारेनटाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य ब्यबस्थापक सबैको स्वाब संकलन गरेर धनगढि प्रयोगशाला पठाउने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । वालिकाको मृत्यु र आमा संक्रमित देखिएपछि धुरालसैन क्वारेनटाइन शिल गरिएको छ । बाजुरामा भारत बाट आउने संख्या बढे सँगै बाजुरा उच्च जोखिम बनेको छ ।
बाजुरामा कोरोना बाट मृत्यु भएकी वालिका आएको दिनमा बाजुरामा नौ वटै स्थानिय तहका ३ सय ७१ जना आएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १३ गते गौरिफन्टा नाका बाट आएका ति वालिका र उनका आमाबुवा १४ गते बाजुरा पुगेका थिए ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेनटाइनमा त्यो दिन ५४ जना बसेका थिए । बालिकाको अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा जेठ १५ गते साझँ राखिएको थियो । धुरालसैन क्वारेनटाइनमा अहिले ६१ महिला र १ सय २४ पुरुष गरि १ सय ८५ जना रहेका छन् । उनिहरु सँगै भारत बाट आएका क्वारेनटाइनमा बसेका धिर बहादुर परिले भने धनगढी बाट बाजुरा आउदा एउटै बसमा आएका अन्य क्वारेनटाइनमा बसेको बताएका छन् । बुढिगंगा नगरपालिका ४ र २ का बासिन्दा पनि आएको बडिमालिका खबरलाइ बताएका छन् ।
मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेनटाइनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार