शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कोरिन्टाईन कस्तो हुँनु पर्छ?

कोरिन्टाईन कस्तो हुँनु पर्छ?

  • आइतवार, जेष्ठ १८, २०७७
कोरिन्टाईन कस्तो हुँनु पर्छ?
    सुरेशकुमार पान्डे

 अहिले बिदेशबाट देश भित्रियका नागरीकहरु लाई शुरक्षित सफा कोरेन्टेनमा राखेर दुरदर्शियताको परिचय दिने प्रयात्न गर्नु पय्रो सरकारका नुमाईदाहरुले।जनता का प्रतिनिधीहरुले जनता को भबिस्य सँग खेलवाड गरेको बिरुद्धमा जनताको आवाज बनेर सरकारलाई चेताउँनु पय्रो।अहिलेको अबस्था अत्यान्तै सम्बेदनशिल छ। विस्वमा कोविड ७६ले तहलका मचाएकोछ।सन२०१९को दिश्मबरमा चीन बाट सुरुभयको कोविड-१९हाल संसारका १८८देश भन्दा पढि देशहरुमा फैलिँदै गयकोछ। आज सम्म विस्वमा ६१४९७१६जनामा संक्रमित र३७०३९७जना भन्दा बढिको यो बिमारी ले ज्यान लिई सकेकोछ। भारतमा अहिले सम्म१८१८२७जनामा संक्रमित र ५१८५को मृत्यु भै सकेकोछ।नेपालमा १४०१जान संक्रमित र ७जनाको मृत्यु भयको बिभिन्न समाचारहरुमा आएकोछ।

अहिले चीन र ईट्लि बहाक अरु देशमा कम भयको छैन भारत नेपाल र अमेरीका लगायत का देशहरुमा यो बढ्दै गयकोछ। संसारमा कोरोना बाट चौबिश लाख भन्दा बढि निको भयर आ-आफ्ना घरमा फर्किएको पनि रिपोर्ट आएकोछ। कोरोना नसरेका केहि देशहरु(अलजजिरा अनुसार)निम्न छन।

१किरिबाती,२मार्शल आईल्यान्डस, ३ माईक्रोनिसिया, ४नाराउ, ५उत्तर कोरिया, ६पालाउ, ७सामोआ ,८सोलोमोन, ९टोगा, १०तुर्कमोनिस्तान, -११ताभालु, १२भानुआतु लगायतका देशमा अहिले सम्म कोरोना नपुगेको खबरछ। वास्तबमा अहिले सम्मको सबै भन्दा ठुलो रोग कोविड नै भयकोछ। जस्को कतै कुनै बिस्वाशिलो औषधि अँझैपनि भेटिएकोछैन।

मात्र यस्लाई फैलिन नदिनको लागि भारत नेपालमा मार्चको २२-२३देखि लाक डाउँनछ। त्यो बेला अनाप सनापमा सिमानाहरु सिल गर्ने बिस्वको प्रोटोकालको नियम अनुसार जो जहाँछ त्यो त्यँहि रहने र उस्लाई सम्बन्धित सरकारले रेख देख गर्ने भनियो।सरकारी तथा गैर सरकारी सेक्टरहरुमा रुल एण्ड रेगुलेशन प्रोटोकालको लागु गर्ने गरि उनिहरुलाई डिप्टिमा न आएपनि तलब दिनुपर्ने भारतको सरकारले घोषणा गय्रो,कुनैपनि किरायादारलाई क्वटर खालि गर्नु नपर्ने बताईयो।तर त्यो हात्थिको देखाउँने दा्त सबित भयो।

प्राईबेट सेक्टरमा दोस्रो लाकडाउँनको अबधिपछि मज्दुरहरुलाई हटाईयो यँहा सम्मकि घरमालिकले पनि उनिहरुलाई घर खालि गर्न लगायो।यस्को सबै भन्दो ठुलो असर प्रवाशी मज्दुरहरुलाई पर्न गयो।उनिहरु सिदै सडक मा आउँन बाध्य भए।कयौँ राज्याहरुमा कयौँदिन सम्मको पैदल यात्रा गरेर मज्दुरहरु घर सम्म पुगे तर नेपाली श्रमजीवीहरु लाई त्यो पनि सम्भव भयन बोडर सिल भयकोले उनिहरु खुला आकासको तल भोकै प्यासै बस्न बाध्या भए।

नेपालको सरकारले त्यो बेला आफ्ना नागरीकहरु लाई देश भित्रायर शुरक्षित स्थानमा राख्न सकेको भए नेपालमा कोरोना भित्रिने चान्श कम थियो।तर सरकारको हेलचाक्रिले अब देशको अबस्था भयाभाव हुँने स्थिति श्रृजित भयकोछ। कयौँ भागेर,लुकिछिपी देश भित्रिएका थिए तर सरकारले ध्यान दिएन।अहिले देश भित्राउँने काम त्यो बेला भयको भय देश शुरक्षित थियो।छिमेकिले ढेकल्दै गय्रो तर सरकारले भित्रायन परिणाम अहिले सबैको सामुन्नेछ।जो हामिले पहिलेई देखुन भन्दै आएका थियौँ।वास्तबमा भारत स्थित नेपालीहरुलाई यस्तो बेलामा पनि भारतमा बसेको राजदुतले तमासा हेरेर बस्ने बाहेक कुनैपनि जनताको हितमा उस्ले कार्या गर्नै सकेन।मात्र मूलप्रवहा लगायताका सामाजिक संगठनहरु ले निरतन्तर सहयोग नगरेको भए भारतमा भोकै मरेका लास गिन्नेकाम गर्थो होला।

नागरिक आफ्नो देशभित्र जान नपाएर कयौँ बिमार भयका मरे,उनिहरुको लाशले पनि नेपाली माटो पाउँन सकेन,यस्तो भयभाव अबस्था भारतमा श्रृजित भयो। अहिले भारत बाट दिनौ हजारौँ नागरिकहरु भित्रिएकाछन तर सरकारले उनिहरुलाई शुरक्षित कोरिन्टाईनको ब्यबस्था गर्न सकि राखेको छैन।कयौँको कोरिन्टाईनमै मृत्यु भयको सुचना आएकोछ।उनिहरुलाई पशु जस्तै खोरमा थुनेर राख्ने काम भयकोछ। यो अबस्थामा कोरोना झन फेलिने र देशमा जटिल अबस्था आई लाग्ने देखिन्छ। अहिलेको सबै भन्दा ठुलो पार्थमिकता देशमा कोरोना फैलिन नदिन बिदेश बाट देश भित्रियका नागरीकहरु लाई शुरक्षित कोरोनटाईनको ब्यबस्था गरेर उनिहरुको नियमित जाँच पड्ताल गरेर छिटोभान्दा छिटो जाँच रिपोर्ट ल्याउँने गर्नु पर्छ।तर सरकारलाई त्यो भन्दापनि देशमा बिदेशिहरुलाई कसरी भित्राउँने एमसिसि पारित गरेर कसरी कमिसन खाने यो चिन्ता बढि देखिन्छ।

सरकारले जहिलेपनि राष्ट्र घात जन घात भयको नजर अन्दाज गरेको हुँन्छ।जब जनताहरुले राष्ट्रियता र जनतन्त्र जनजिविकाको बिषयलाई लिएर आन्दोलन गर्छन त्यसलाई छलछाम गर्न जनताको प्रतिनिधी जस्तै देखावटि गरेर ठिक त्सको उल्टा गरेको हुँन्छ।पहिले कालापानी र लिपु लेख लिम्पियाधुरा लाई हाम्रो भनेर नक्सा पारित गर्ने सरकारले त्यो मुद्धालाई सम्बिधान मा थप्न र पारित गराउँन सकेन बरु आफ्नो एजेन्डाबाटै हटाईदियो।अहिले एम सिसिलाई जोड तोडले पारीत गराउँने प्रयात्नमाछ।यदि साँच्चै सरकार देशभक्तको हो भने संघियतालाई खारेज गरेर देखाउस।त्यो राष्ट्रिय हितको मुद्धा सरकारले उठाउँदैन उस्ले बिदेशमा अलपत्रपरेका नागरिकलाई हेर्न सक्ने सामर्था राख्दैन।उस्लाई कुर्चि जोगाउँनुछ कमिसन खानुछ।

आठौटा सरकार बनाएर नौवटा संसदमा गफ छाँट्टने गफडि र झोलेहरु जम्मागरेर देखाउँनुछ। अहिले यिनि सदन खालि गरेर बिदेशबाट आएका नागरिकलाई बसाल्नु पर्छ।कोरिन्टेन बनाएर किनकी यो देश देशका नागरिकहरुको हो मुट्ठिभरीका नेताहरुको मात्रै होईन। यसरी भेडा बाख्रा जस्तै खोरमा थुनेर कोरिन्टेनको नाउँमा जनतालाई मार्न पाईँदैन।देशभित्रका राजनितिक पार्टिहरु अब वास्तबिक देशका जनता देश भित्रिदैछन।यो चालाले सरकार कति दिन चलाउँन सकिन्छ दुरदर्सि बन?३१-०५-२०२०,

चर्चामा

सम्बन्धित समाचार