बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • मेडिकल एशोसियसनलाई स्वस्तिश्री गुरुकुलद्वारा ज्याकेट हस्तान्तरण

मेडिकल एशोसियसनलाई स्वस्तिश्री गुरुकुलद्वारा ज्याकेट हस्तान्तरण

  • शुक्रबार, जेष्ठ १६, २०७७
मेडिकल एशोसियसनलाई स्वस्तिश्री गुरुकुलद्वारा ज्याकेट हस्तान्तरण

 काठमाडौं–  काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्तिश्री गुरुकुल स्कूलले नेपाल मेडिकल एशोसियसनलाई एक सय थान ज्याकेट निःशुल्क हस्तान्तरण गरेको छ । नोबेल कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहज होस् भन्नका लागि ज्याकेट उपलब्ध गराइएको हो ।

आज आयोजित एक कार्यक्रममा स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा.लुःज मानन्धरले एशोसियसनका महासचिव डाक्टर बद्रि रिजाललाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केहि टेवा पुग्ने समाजसेवी डा.लुःज मानन्धरले बताए । उंनले यस अघि पनि धेरै सामाजिक कामहरु गर्दै अाएका छन्। ज्याकेट बुझ्दै महासचिव डाक्टर रिजालले अहिलेको विषम परिस्थितीमा ज्याकेटले चिकित्सकहरुलाई अस्पताल आउजाउ र सबैले पहिचानमा सहज हुने बताए । । कार्यक्रममा डाक्टर प्रदिप कोइराला, डाक्टर विकास केसी, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत नेपाल मेडिकल एशोसियसनका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार