बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सबै स्थानीय तहहरुले कृषिमा विशेष लगानी गर्नुपर्छ नागरीक अगुवा जैशी ( भिडियो सहित)

बाजुराका सबै स्थानीय तहहरुले कृषिमा विशेष लगानी गर्नुपर्छ नागरीक अगुवा जैशी ( भिडियो सहित)

  • शुक्रबार, जेष्ठ १६, २०७७
बाजुराका सबै स्थानीय तहहरुले कृषिमा विशेष लगानी गर्नुपर्छ नागरीक अगुवा जैशी ( भिडियो सहित)

लक्ष्मीराज पाध्याय– बाजुराका नागरिक अगुवा तथा नेपाल पत्रकार महासघं बाजुराका निर्बतमान अध्यक्ष मदन जैशीले भने अबको लगानी कृषि केन्द्रीत बनाउन आबस्यक रहेको बताइएका छन् ।
वैज्ञानिकहरूले जति सुकै प्रयास गरे पनि मानवको मृत्यु रोक्ने उपाय पत्ता लगाउन सकेका छैनन् । विज्ञानको प्रगति यात्राको उद्गम विन्दु भनेको पनि प्रकृति नै हो । त्यसैले बाँच्नको लागि मानवलाई खाना खानु अनिवार्य रहेकोले बाजुरा जिल्लाका सबै स्थानीय तहहरुले कृर्षीमा बढि लगानी गर्नुपर्ने बताएका हुन ।

बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना १९ को रोकथाम तथा नियन्त्रणका लागि हाम्रो अभियान कोरोना कहर अन्तर्बातामा नागरीक अगुवा जैशीले यस्तो बताएका हुन । खाद्यान्नका विविध आयामहरू बनाइए होलान् तर मानवले नखाइ बाँच्न सक्ने उपाय आजसम्म पत्ता लाग्न सकेको छैन । चाहे मानव चन्द्रमामा पुगोस् वा मङ्गल ग्रहमा मानवलाई बाच्नको लागि केही न केही खानै पर्ने हुन्छ ।

अहिले संसार कोरोनाको महामारीको चपेटामा परी विश्वको अधिकांश भाग लकडाउनको अवस्थामा रहेको र यो लम्बीदै जाने र बिदेशमा रहेका युवाहरु पनी फर्किने क्रम बढेकोले कृर्षि क्षेत्रमा बढि लगानी गर्नुपर्ने देखीएको जैशीले अन्तबार्तामा भनेको हुन ।यस्तो विकराल र विषम परिस्थितिमा पनि मान्छेले आफ्नो समयमा खाना खानै पर्छ । खानाको लागि कुनै न कुनै उत्पादित चिजको आवश्यकता पर्ने गर्छ । चाहे वनस्पति होस् वा प्राणी जे भए पनि मान्छेको आहाराको रुपमा पृथ्वीबाट उत्पादन भएको प्रकृतिको सन्तान नै आवश्यक पर्छ । विभिन्न रसायनहरूको माध्यमबाट अन्य आवश्यक वस्तु उत्पादन गर्न सकिएला तर खाना उत्पादन गर्न प्रकृतिको भर पर्नु पर्ने हुन्छ र त्यसका लागि स्थानीय तहहरुले यसमा जोड दिन आबस्यक रहेको बताए ।

त्यस सँगै भोलिका दिनमा आइपर्ने संकटको बारेमा पनि सरकार र नागरिकहरू चनाखो हुनु अति नै आवश्यक छ । यदि हाम्रो खाद्यान्नको भण्डारण रित्तियो र उत्पादनमा ध्यान पुर्याउन सकिएन भने मानव जीवन रोगको भन्दा ठूलो भोकमारीको चपेटामा पर्नसक्छ । त्यस बेला मानव जीवनका धेरै विकल्पहरू समाप्त भैसकेर परिस्थितिले अर्कै रुप लिने भएकोले समयमै सबैले सचेत हुन जरुरी रहेको बताए ।

अहिले चलिरहेको लकडाउनमा देशका सबै कृषियोग्य भूमिमा उत्पादनका सम्भावनाहरू पहिचान गरी सबैजसो मानिसहरूलाई कृषिमा व्यस्त गराइ राख्न सकियो भने मात्र यो समस्याको समयमा निकासको बाटो खुल्नसक्छ । हाम्रो देश सामान्य परिस्थितिमा जे जसरी आयात मुखि अवस्थाबाट गुज्रीरहेको भए पनि अब नेपालले कृषिमा विशेष लगानी गरि बाच्न पाउने अधिकारको आधार तयार गर्न स्थानीय तहको मुख्य भुमिका हुने जैशीको भनाई रहेको छ ।
यस परिस्थितिमा एक ठाउँमा रहेका कोरोना संक्रमणको समस्या देखा नपरेका क्षेत्र र त्यहाँका नागरिकहरूबाट मात्र सन्चालन गर्न मिल्ने उद्योगहरू पनि सन्चालन गरिनु पर्छ । हाम्रो देशमा समुदाय स्तरमा कोरोना फैलिइ नसकेको यस घडिमा सबै मानिसहरूलाई बन्दाबन्दीमा मात्र राखिरहनुको सट्टा उनीहरूलाई काममा पनि लगाउनु पर्ने बताएका छन् ।

https://www.youtube.com/watch?v=VoFHkFF9vRM

चर्चामा

सम्बन्धित समाचार