बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • अछाममा क्वारेनटाइनमै बच्चा जन्माइन

अछाममा क्वारेनटाइनमै बच्चा जन्माइन

  • शुक्रबार, जेष्ठ १६, २०७७
अछाममा क्वारेनटाइनमै बच्चा जन्माइन
फाेटाे :नरेन्द्र शाह

अछाममा एकजना महिलाले क्वारेनटाइनमै बच्चा जन्माएकि छन् । मेल्लेख गाँउपालिका वडा नम्बर ३ ठाँटि बस्ने २६ बर्षिय सुना नेपालीले शुक्रवार बिहान स्वास्थ्यकर्मीको सहयोगमा छोरा जन्माएको ठाँटि स्वास्थ्य चौकीका ईन्चार्ज नरेन्द्र शाहले वताएका छ ।


ठाँटि स्वास्थ्य चौकीकि अनमि सम्झना सिहंले क्वारेनटाइनमै गएर शुरक्षित गर्भबति सेवा दिएको थियो । स्वास्थ्यकर्मीको सहयोगमा क्वारेनटाइनमै बच्चा जन्माएको सुना नेपालीले वताएकि छन् । सुना र उनका श्रीमान दत्ते नेपाली मेल्लेख गाँउपालिका ३ मा नवदुर्गा प्राबिको क्वारेनटाइनमा बसीरहेका थिए । भारत दिल्ली बाट आएका उनिहरु जेठ १३ गते क्वारेनटाइनमा बसेका थिए ।


शुक्रवार बिहान सुत्केरी ब्यथा लागेबित्तिकै अनमि सम्झना सिंहलाइ क्वारेनटाइनमा पठाएको स्वास्थ्य चौकीले बताएको छ । उनलाई स्वास्थ्य साम्रागि सहित पठाएको थियो । बच्चा र आमाको अबस्था सामान्य रहेको छ । उनिहरुका लागि क्वारेनटाइनमा समस्या हुने देखिएपछि अहिले होम क्वारेनटाइनमा ल्याएर राखिएको छ । घरमा अलगै ब्यबस्थाबपन र स्वास्थ्यकर्मीको निगरानिमा राखिएको ईन्चार्ज नरेन्द्र शाहले बडिमालिका खबरलाई वताएका छन् ।
पछिल्लो समय शुदुरपश्चिम प्रदेशमा भारत बाट आउनेको संख्या बढेसँगै गर्भवती महिला वालवालिका, बयबृद्ध आउने क्रम बढिरहेको छ कतै क्वारेनटाइनमा ब्यबस्थापन कमजोर भएकाले बस्न समस्या भएको गुनासो आइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार