बिहीबार, साउन १, २०७७
  • होमपेज
  • देश
  • बागलुङमा भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधबार, जेष्ठ १४, २०७७
बागलुङमा भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ : बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएको छ। पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यद्यपी, यसबारेको आधिकारिक जानकारीका लागि दिउँसोको पत्रकार सम्मेलन पर्खन निर्देशन आएको जिल्ला स्वास्थ्य र धौलागिरी अस्पतालले बताएको छ।

संक्रमण देखिएका सबै भारतबाट उद्धार गरिएका हुन्। तमानखोलामा ८ जनाको समूहमा आएकाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण देखिएको जानकारी आएको र उनीहरुलाई धौलागिरी अस्पताल पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए। बडिगाड गाउँपालिकामा पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी आएकाले उनीहरुलाई अस्पताल पठाउने तयारीमा लागेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए।

चैत्र दोस्रो साता बागलुङमा बागलुङ नगरपालिका ४ कि १९ वर्षीय अशुं सापकोटा र ३ कि ६५ वर्षीया मनकुमारी शर्मालाई कोरोना संक्रमण भएको थियो। उनीहरु दुवै जना निको भएर घर फर्किसकेका छन्। #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार