आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • राजनीति
  • कम्युनिस्ट नेता भण्डारीको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

कम्युनिस्ट नेता भण्डारीको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

  • बुधबार, जेष्ठ १४, २०७७
कम्युनिस्ट नेता भण्डारीको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं —  नेकपा अध्यक्ष प्रचण्डले पुराना कम्युनिष्ट क्रान्तिकारी नेता अर्जुन बहादुर भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रचण्डले भण्डारीको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । प्रचण्डले निरङ्कुश व्यवस्था विरुद्धको लडाइँमा चरम यातना सहित जेल नेल भोगेका भण्डारीलाई नुवाकोट जिल्लाका जुझारु एवम् क्रान्तिकारी नेताका रुपमा स्मरण गरेका छन् ।

यसैबीच नेकपा बागमती प्रदेश कमिटीले पनि भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ । बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द प्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ । भण्डारीकोसोमबार राति नुवाकोटमा निधन भएकोथियो ।

चर्चामा

सम्बन्धित समाचार