शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दश नङ्ग्रा खियाएर संसार सिगार्ने मज्दुर लाई

दश नङ्ग्रा खियाएर संसार सिगार्ने मज्दुर लाई

  • सोमवार, जेष्ठ १२, २०७७
दश नङ्ग्रा खियाएर संसार सिगार्ने मज्दुर लाई

गरिबहरु न बश्नलाई राम्रो घर भयो जिन्दगिमा,
न ता पुरा हुन सक्ने कुनै रहर भयो जिन्दगिमा।

दश नङ्ग्रा खियाएर संसार सिगार्ने मज्दुर लाई,
न ता राम्रो कामको कतै कदर भयो जिन्दगिमा।

भन्छन भन्लाई संसारमा गरेर नहुँने केहि हुँदैन,
पसिना पोख्ने लाई नअवसर भयो जिन्दगिमा।

बा आमाले दिएका यिनै हात खुट्टा हुँन सम्पती,
अरु बाँच्नलाई कसैको के भर भयो जिन्दगिमा।

जन्मिएका सबै मरेर जानेहो एकदिन धर्तिबाट,
त्यो यथार्त काल बाट के डर भयो जिन्दगिमा।

जाँ पय्रो राति त्यँहि बसेरा हुँन्छ मजदुरहरु को,
त्यसैले पौरख मात्रै सदै डगर भयो जिन्दगिमा।

दुनियाँमै एउटा जात मात्रै श्रमजिवि जनताको,
बर्गशं घर्ष उदेश्य मजदुर थर भयो जिन्दगिमा।
सुरेशकुमार पान्डे२५-५-२०२०,

चर्चामा

सम्बन्धित समाचार