बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछामका एकजना कोरोना संक्रमित

अछामका एकजना कोरोना संक्रमित

  • आइतवार, जेष्ठ ११, २०७७
अछामका एकजना कोरोना संक्रमित

धनगढी :  अछाममा एकजना काेराेनामा संक्रमण पुष्टि भएको छ। धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा थप एकजनामा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

पछिल्लो पटक थपिएका संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था समान्य रहेको छ। यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ।

यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो। यसअघि शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको पनि सेतीमै उपचार भईरहेको छ।

शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन्। सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन्। #दिनेश

चर्चामा

सम्बन्धित समाचार