शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाद्धारा सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण

बुढिनन्दा नगरपालिकाद्धारा सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण

  • आइतवार, जेष्ठ ११, २०७७
बुढिनन्दा नगरपालिकाद्धारा सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण
तस्वीर सामाजिक संजालबाट

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाको बसढिनन्दा नगरपालिकाले सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनमा परेका सुनौला हजार दिनका आमालाई पोषण झोला दिने कार्यक्रम संचालन गरेको बुढिनन्दा नगरपालिकाकी उप प्रमुख श्रृष्टी रेग्मीले बताएकी छन् ।
सुनौलो हजार दिनका आमालाई पोषण झोला बितरण कार्यक्रम सोही नगरपालिकाको वडा न २ बाट सुरुवात गरिएको छ वडामा रहेका १ सय १४ जना सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण गरिसकेको उपप्रमुख रेग्मीले बडीमालिका खवरलाई जानकारी दिएकी छन् । नगरपालिका भरी १ हजार २ सय १४ जना सुनौला हजार दिनका आमाहरु रहको तथ्याकं रहेको उपप्रमुख रेग्मीले जनाकारी दिएकी छन् । बुढिनन्दा नगरपालिकाको सहयोगमा पोषण झोलामा दाल, चामल, नुन, तरकारीको बीउ र १ के्रड अण्डा दिइएको नगरपालिकाले जनाएको छ ।

No photo description available.
बु न पा मा १ हजार २ सय ३६ जना सुनौला हजार दिनका महिलाहरु रहेको र केही दिनमै सबै वडामा रहेको सुनौला हजार दिनका आमाहरुलाई पोषण झोला बितरण गरिने भएको छ । लकडाउनका कारण पोषणमा कमि नआवस भनेर नगरपालिकाले पोषण झोला दिने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार