शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ६
  • सुर्खेतमा पनि भेटिए ३ जना कोरोना संक्रमित

सुर्खेतमा पनि भेटिए ३ जना कोरोना संक्रमित

  • शनिबार, जेष्ठ १०, २०७७
सुर्खेतमा पनि भेटिए ३ जना कोरोना संक्रमित

सुर्खेत — सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।

डाक्टर खड्काका अनुसार संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ ।
उनीहरु भारतबाट आएको बताइएको छ ।

यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार