शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • लडाई जित्तिन्छ अनुसाशन भित्र रहेर

लडाई जित्तिन्छ अनुसाशन भित्र रहेर

  • शनिबार, जेष्ठ १०, २०७७
लडाई जित्तिन्छ अनुसाशन भित्र रहेर

हामिलाई जस्तै उस्लाई मार हुँनु पर्छ,
अहिले को लडाई आर पार हुँनु पर्छ।

संसारले थाहा हौश यस्को चर्तिकला,
उसलाई पनि अब खबरदार हुँनु पर्छ।

लडाई जित्तिन्छ अनुसाशन भित्र रहेर,
बलियो आफु सँग नै औजार हुँनु पर्छ।

अबिस्वास बढ्न थालेपछि छिमेक मा,
बलियो प्रखाल र तारको बार हुँनु पर्छ।

झिना मसिना कुरापनि अनदेखि नगरे,
आफ्नो हकको रक्षार्थ तक्रार हुँनु पर्छ।

स्वतन्त्रता बिधा कसैको सामु नझुक्नु,
हैकमवादकै पनि अब त हार हुँनु पर्छ।

संसार भित्र शक्तिशाली औजार भनेकै,
कलम अगाडि र पछि तलवार हुँनु पर्छ।

सेते भन्छ ठुलो हथियार मनोबल नभए,
लड्नै पर्छ भनि दुष्ट नाङ्गे झार हुँनु पर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार