बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • राहतको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट

राहतको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट

  • शनिबार, जेष्ठ १०, २०७७
राहतको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट
फाइल तस्बीर

राहत लिने बाहानामा नेकपा र नेपाली काग्रेस कार्यक्रता बिच हानाहान भएकाे छ । सिरहाको नरहा गाउँपालिका-१ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा शुक्रबार वडा कार्यालयमै कुटाकुट भएको छ। त्यस कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका डेढ दर्जन बढी घाइते भएका छन्। उनीहरुको उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ।

नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते भएका छन्। त्यस्तै कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डललगायत घाइते भएका छन्। उनीहरुलाई ढुंगा र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक र टाउको फुटेको छ।

घाइतेमध्ये उर्मिला कामति, रामचन्द्र र रामजीवन रायलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ। दुई हप्ताअगाडी वडा कार्यलयबाट कोरोना प्रभावितहरुलाई राहत वितरण गरिएको थियो। त्यसमा केही व्यक्ति छुटेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले वडाअध्यक्ष अशोक साहसँग उनको घरमै पुगेर गुनासो गरेका थिए।

त्यसपछि वडाअध्यक्ष साहले आफुलाई गाली बेइज्जत गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। साह नेकपाबाट निर्वाचित वडाअध्यक्ष हुन्। वडाअध्यक्ष साहले ५१७ घर परिवार दलित, गरिबलाई राहत वितरण गरेको दाबी गरेका छन्। त्यसबाहेक २ सय भन्दा बढी घरपरिवारलाई राजनीतिक पूर्वाग्रह राखी राहत नदिएको कांग्रेस पक्षको आरोप थियो।

छुटेकाहरुलाई पनि राहत वितरण गर्नुपर्ने माग राख्दा साहले छलफलका लागि वडा कार्यालयमा बोलाएर कुटपिट गराएको स्थानीय कांग्रेस नेता कौशल मण्डलको आरोप छ। आफुले सबैलाई मिलाएर राहत वितरण गरेको वडाअध्यक्ष साहले बताए। छुटेकालाई राहत वितरण गर्ने विषयमा छलफल भइरहँदा कांग्रेस र समाजवादी पार्टीका नेताहरुले विवाद खडा गरेको उनको आरोप छ। नागरिकता नभएका केही व्यक्तिहरु छुटेको उनले सुनाए। वडा कार्यालयमा आएर जर्वजस्ती गर्न थालेपछि झडप भएको उनले बताए।

कुटाकुट विषयको घटनाबारे अनुसन्धान भइरहेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। घाइतेहरुलाई अस्पतालमा उपचार भइरहेको उनले सुनाए। कुटाकुटमा गोली चलेको दुवै पक्षले एकअर्कालाई आरोप लगाउँदै छन्। यता, गोली चलेको कि नचलेको विषयमा पुष्टि हुन नसकेको एसपी चतुर्वेदीले बताए।

चर्चामा

सम्बन्धित समाचार