बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • घर घरमै पुुगेर स्वाथ्य प्रामर्श दिदै नेकपाका कार्यकता

घर घरमै पुुगेर स्वाथ्य प्रामर्श दिदै नेकपाका कार्यकता

  • शुक्रबार, जेष्ठ ९, २०७७
घर घरमै पुुगेर स्वाथ्य प्रामर्श दिदै नेकपाका कार्यकता

दयाराम पण्डित– बुढिनन्दा नगरपालिका वडा नं एक की हरिकमल विक घरकी एक्ली सदस्य हुन् । उनी बिरामीले थला परेको लामो समय भयो । उनलाई घरमा हरिखबर (हेरचाह) गर्ने कोही छैनन् । सन्तानका रुपमा एकमात्र छोरी छिन् । उनि पनि बिबाह गरेर पराइघर गइसकेकी छिन् ।
हिजो आज कोरोना संक्रमणले गाउँ शहर देखि विश्व आक्रान्त छ । उनलाई महिना दिन देखि रुघाखोकी र ज्वरोले सताएको थियो । यसै वीच औषधी मुलो र साथमा स्वास्थ्यकर्मी सहित लिएर नेकपा जिल्ला कमिटी सदस्य जनकबहादुर बोहोरा टुप्लुक्क हरिकलाको घरमा पगे । उनका साथामा रहेका दुुई जना हेल्थ असिस्टेन्ट (एचए) िदलिप सिंह र दिलिप बोहरा लगायत सी.एम. ए.पढेकी जुल्मी सिंहले ले हरिकलाको स्वास्थ्यमा चेकजांच गरिन् ।


चेकजांचमा उनको स्वास्थ्य अबस्था सामान्य रहेको प्रामर्शमा संलग्न स्वास्थ्य कर्मीले जानकारी गराए । उपचार नपाएर घरको दैलोमा पल्टिएकी तिमहिलालाई सामान्य स्वास्थ्य परिक्षण र सिटामोल लगायतका औषधी पाउँदा खुशी भएको बताइन् । कोरोना संक्रमणका कारण नजिकको स्वास्थ्य केन्द्र कोल्टीमा समेत जान नसकेकी हरिकलाले घरमै उपचार पाएपछि उनीदंग छिन् । “घरमै आएर मेरो उपाचरामा सहयोगरेकाछन् यिनलाई भवगानले बाटो देउन्।”उनले भनिन् ।
त्यस्तै बुढिनन्दा नगरपालिको १० वटै वडाका घरघरमा पुुगेर सामान्य स्वास्थ्य जांच तथा प्रामर्श दिएको टोली नेताएबं नेकपा जिल्ला कमिटी सदस्य जनक बोहराले भने ।

नेकपा नेता जनक बोहोरा लगायत उनका साथ पाँच जना स्वास्थ्यकर्मी र नेकपा कार्यकता जनताको स्वास्थ्य प्रामर्श दिन थालेका छन् । गैह्र सरकारी संस्था लगायत अन्य सुभेच्छुकको सहयोगमा तिस हजार रुपैंया वरावरको औषधी संकलन गरेका थिए । उक्त औषधी बोकेर गत साता देखि बोहरा लगायतका नेता कार्यकर्ता बुढिनन्दा नगरपालिकाकाको हस्तालीबाट शुरु गरेर १० वटै वडामा पुुगेका हुन् ।

“हुने खाने वर्गका लागि लकडाउनले त्यति प्रभाव पारेको छैन । सामान्य जनताका लागि लकडाउन हो । १५ दिन सम्म ज्वरो आएर अस्पताल जानपाएका छैनन् ।जनताका पेट भोका छन् । स्वास्थ्यचौकीले विरामी भर्ना लिन मान्दैन । स्वास्थ्य चौकीमा गए पनि औषधी टाढाबाट फ्याक्ने गरेको देखियो। त्यसैले संघ संस्थासंग गुहार गरेर तिस हजार रुपिया बारावरको औषधी सदरमुकामवाट आफैले बोकेर ल्याएको थिएं ।”त्यो पनि सकिएपछि मेडिकल र स्वास्थ्य संस्थासंग जोहो गरेर राहात स्वरुप विरामीको गर्न पाउँदा खुशी लागेको छ , नेकपा जिल्ला कमीटी बोहराले भने ।

बुढीनन्दा नगरपालिकाका घर–घर पुुगेर सामान्य ज्वरो चेक गर्ने । सर्जिकल गर्ने ,घाउ खटिरा सफा गर्ने र स्वास्थ्य प्रामर्श दिने गरेको नेकपा कार्यकर्ता एबं हेल्थ असिस्टेन्ट चिरन्जीवी सिंहले बताए । नेकपा बुढिनन्दा गाउ कमीटीको ९ औँ वैठककको निर्णय अनुसार उक्त नगरपािलकाका कम्तीमा १३ सय परिवारका ेघरदैलोमा पुुगेर स्वास्थ्य प्रामर्श दिएको नेता बोहोराले बताए ।
“अस्पताल जाँउ कोरोनाको डर ! गएपनि औषधी टाढाबाट फाल्छन् । चेकजांचको त कुरै छोडौं । घरमा चिरायतो, कटुकी लगायत जडीबुटी पाकाएर खाइरहेको वेला घरघरमा आएर जनताको हरि खवर गर्नु जनताका लागि राम्रो काम भएको बुढिनन्दा वासीको बुुझाई छ । उसो त २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फवाट बुढिनन्दा नगरपालिकाको नगर प्रमुख पदका प्रत्यासी पनि रहेका नेता वोहराले भने । यतिवेला भाषण भन्दा पनि गाउँगाउँमा गएर जनताका समस्यामा साथ दिनुनै उत्तम बिकल्प हो । नेता बोहरा नेपाली कांग्रेसका पदमकमार गिरीसंग मेयर पदमा १४९ मतको मतान्तरले पराजित भएका थिए।


यो बेला विश्वमा कोरोना संक्रमण अर्थात कोभिड ९०को महामारीले सताएको छ। देश लकडाउनका कारण ठप्प छ । गाउँ देखि शहर सम्म निस्तब्द छन् । के खाउँ के लगाउँ कता जाँउ भन्ने पिरलो ले मन मस्तिस्क खिचिरहेकोछ । मानिस दिन प्रति दिन आक्रान्त बन्दैछन् ।यति वेला नागरिक पिरोलोमा छन् ।
अहिले राजनीतिक कर्मीले पनि नागरिक उद्धारका लागि यो क्षेत्रबाट सहयोग जुटाउन थालेका छन् ।बाजुराका नौ वटै स्थानीय तहबाट नागरिकका लागि विभिन्न प्रकारका राहात सामाग्री बांड्न होडवाजी चलेको छ। । यतिवेला राजनीति हैन महामारी प्रकोप बाट बांच्न र बचाउन सबैले सहयोग गरांै भन्ने बुुझाईमा सामाजिक अगुवा छन् ।

चर्चामा

सम्बन्धित समाचार