शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • यिनै हुन् नेपालको सांसद–मन्त्री भएर भारतको दलाली गर्नेहरु

यिनै हुन् नेपालको सांसद–मन्त्री भएर भारतको दलाली गर्नेहरु

  • शुक्रबार, जेष्ठ ९, २०७७
यिनै हुन् नेपालको सांसद–मन्त्री भएर भारतको दलाली गर्नेहरु
डा.बाबुराम भट्टराई, विमलेन्द्र निधि, सरिता गिरी, डा. सुन्दरमणि दीक्षित र खगेन्द्र संग्रौला

 डा. बाबुराम भट्टराई नेपालको अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भइसकेका ब्यक्ति । उनको बिद्धताको उपयोग देशमा हुनुपर्छ भन्ने ठूलो पंक्ति देशमा छ । तर भारतले नेपालको भूभाग मिचेर सडक बनाएपछि नेपाले त्यो भूभाग आफ्नो हो भन्दै नक्सा सार्वजनिक गरेपछि भारतका नेता, शासक र पत्रकारलाई भन्दा बढी डा. भट्टराईलाई पीडा भएको उनका अभिब्यक्तिहरुले नै पुष्टी गरिरहेका छन् ।

डा. भट्टराईले लिम्पीयाधुरासहितको नक्सा सार्वजनिक गरेर प्रधानमन्त्री ओलीले भारतलाई चिढ्याएको, भारतको बेइज्जेत गरेको, कुटनीतिक शैली अपनाउन नसकेको अभिब्यक्ति दिएर आफ्नो भारतभक्ति छरपष्ट बनाएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको र ती भूभाग फिर्ता ल्याउने प्रतिबद्धता गरेपछि पनि उनलाई सबैभन्दा बढी छटपटी भएको देखियो । उनले मंगलबारै प्रधानमन्त्री ओलीबिरुद्ध ट्वीटरमा अति नै अशिष्ट टिप्पणी गर्दै लेखे–‘प्रम केपी शर्मा ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा उहाँमा आफ्ना कमीकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन । कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ।’

संसदमा प्रधानमन्त्रीले भारतले आफ्नो राष्ट्रिय चिह्नमा ‘सत्यमेव जयते’ उल्लेख गरे पनि ब्यवहारमा ‘सिंहमेव जयते’ को ब्यवहार देखाएको टिप्पणी गरेकोमा पनि बाबुरामलाई खपिनसक्नु चित्त दुखेको रहेछ । आफ्नो भूमिमाथि सडक बनाएर नेपाल आमामाथि बलात्कार गर्दा पनि बलात्कारीबिरुद्ध बोल्नु नहुने भन्ने बाबुराम भट्टराई कहाँबाट संचालित छन् ? उनका पछिल्ला अभिब्यक्तिले नै देखाइरहेका छन् ।

बिहीबार उनले नक्सा सार्वजनिक गरेर सरकारले भारतलाई चिढ्याउने काम गरेको भनी आफ्नो भारतभक्ति सार्वजनिक गरेपछि सामाजिक संजालमा उनको चर्को आलोचना भइरहेको छ ।

सरकारले भारतको हेपाहा र पेलाहा नीतिबिरुद्ध लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि छटपटी हुने अर्का पात्र हुन्, नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधि । नेपाली कांग्रेस भारतीय हेपाहा नीति बिरुद्ध प्रधानमन्त्री ओलीकै पक्षमा भए पनि उपसभापति निधिले नक्सा सार्वजनिक गर्ने कार्यको नीति अनुसन्धान विभागबाट त्यसको बिरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादका नाममा नाटक मञ्चन गरेको निधिले आरोप लगाएका छन् । आफ्नो देशको नक्सा सार्वजनिक गर्नु उनका लागि नाटक मन्चन भएको छ । कांग्रेसमा उपसभापति निधि नै भारतभक्तिमा लिप्त देखिएका छन् । तर त्यसमा पार्टीले उनलाई कुनै एक्सन लिएको छैन ।

जेठ ६ र ७ गते बसेको प्रतिष्ठानको पूर्ण बैठकपछि जारी विज्ञप्तिअनुसार निधिले ओली नेतृत्वको सरकारले अनेक नाटक देखाएको बताएका हुन् ।
नेपालको सांसददेखि मन्त्री भइसकेकी सरिता गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा राख्नका लागि भारतसँग सोध्नुपर्ने अभिब्यक्ति दिएर आफ्नो माइती देशको दलाली गरेकी छन् । ऐतिहासिक प्रमाणले लिम्पियाधुरा, कालापानी नेपालकै भएको अवस्थामा भारतलाई सोध्ने कुतर्क गर्ने गिरी मन्त्री समेत भइसकेकी हुन् ।

भारतमा ३०–३५ बर्षअघि राजीव गान्धीसँग विवाह गरेकी सोनिया गान्धीलाई विदेशी भनेर अहिलेसम्म राजकीय पदमा अवसर दिनबाट बन्चित गरिएको छ । तर भारतमा जन्मेर नेपालीसँग विवाह गर्नासाथ सरिता गिरीहरु सांसद र मन्त्री हुन पाएका छन् । तर पनि आफू जुन देशको सांसद र मन्त्री भए त्यही देशको बिरुद्ध भारतको दलाली गर्ने छुट उनले पाएकी छन् । गिरीले एसडी मुनी र भारतीय मिडियाको भन्दा बढी भारतको दलाली गर्न पुगेकी छन् ।

त्यस्तै, डा. सुन्दरमणि दीक्षित, गालीशिरोमणि खगेन्द्र संग्रौलालाई पनि सरकारले नक्सा सार्वजनिक गरेपछि छटपटी भएको छ । उनीहरुले पनि भारतभक्ति गाउँदै सामाजिक संजालमा आफ्नै देशबिरुद्ध लेख्न भ्याएका छन् । दीक्षितले त नक्सा सार्वजनिक गर्नै नहुने अभिब्यक्ति दिएका छन् ।

त्यसैगरी, नेपालको करबाट पालिएका २ नम्बर प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले पनि सरकारले चीन र भारतसँग सोधेर नक्सा सार्वजनिक गर्नुपर्नेमा गल्ती गरेकाले नेपाली कांग्रेसले सबै प्रतिपक्षीसँग संवाद गरी सरकारबिरुद्ध लाग्नुपर्ने कुरा सामाजिक संजालमा उल्लेख गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार