शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल पत्रकार महासघं बाजुरा शाखा भवनको शिल्लान्यास

नेपाल पत्रकार महासघं बाजुरा शाखा भवनको शिल्लान्यास

  • शुक्रबार, जेष्ठ ९, २०७७
नेपाल पत्रकार महासघं बाजुरा शाखा भवनको शिल्लान्यास

नेपाल पत्रकार महासघं बाजुरा शाखाको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नेपाल पत्रकार महासघ बाजुराको शाखाको लामो प्रयास पछि आज बिधिवत रुपमा सिलान्यास गरिएको छ । नेकपा नेता तथा कार्यालय सदस्य गगन रावलको प्रमुख आथित्यमा सो भवनको शिलान्यास गरिएको पत्रकार महासघ बाजुरा शाखाले जनाएको छ ।
सो कार्यक्रममा नेकपा नेता अमर खड्का ,भरत थापा काशी बिक पुर बहादुर रावत लगायतका नेताहरुको पनी सहभागीता रहेको थियो । नेपाल पत्रकार महासघं सुदुरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र महासचिव योगेश रावल लगायत प्रदेशका पदाधिकारीको समेत उपस्थिी रहेको थियो । त्यसै गरी नेपाल पत्रकार महासघंका पुर्ब पदाधिकारी र सल्लाहकार र बर्तमान पदाधिकारी प्रेस संगठन बाजुराका सयोज र नेपाल प्रेस युनियन बाजुराका सचिव लगायतको भब्य उपस्थितीमा सो भवनको शिलान्यास गरिएको ब पत्रकार महासघं बाजुरा शाखाले जनाएको छ ।


नेपाल पत्रकार महासंघ बाजुरा शाखाको भवन निर्माणका लागि सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट बिनियोजन गरिएको र सोही बजेट बाट शाखाको भवन निर्माण गरिने नेपाल पत्रकार महासघं बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंले बताए ।
पत्रकार महासघं बाजुरा शाखाको भवन निर्माणमा यो बर्ष ३० लाख बजेट बिनियोजन गरेको सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्रालयबाट बिनियोजन भएको नेकपा नेता गगन रावलले बताए । पत्रकार महासघं बाजुरा शाखाको लामो समयदेखी भवन निर्माणका लागी बिभिन्न निकायमा गुहार गरेको भए पनी मन्त्रालयबाट ठुलो सहयोग मिलेको पत्रकार महासघं बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंले बताए ।


यस अघि भवनको जग्गा खरिदका लागि बाजुरा जिल्लाका सबै स्थानीय तहको सहयोग रहेको थियो भने अब भवन निर्माणमा मन्त्रालयले सहयोग रहने भएको छ अध्यक्ष सिहंले बताए । लामो समय देखी भवन बनाउन निर्णय गरेको भए पनी पत्रकार महासघं बाजुरा शाखाले बिभिन्न स्थानीय तहको सहयोगमा अघिल्लो बर्ष जग्गा खरिद गरेको र मन्त्राललयबाट भवन निर्माणका लागि बजेट आएकोले सो भवन निमार्ण हुने भएको सचिव प्रेम बिकले बताए । पत्रकार महासघले बिभिन्न निकायको समन्वयमा अगाडी बढेको र अबको एक बर्षमा आफ्नै भवन निर्माण गरिसक्ने पत्रकार महासघ बाजुरा शाखाका सचिव बिकले बताएका छन् । नेपाल पत्रकार महासघं बाजुरा शाखाको लामो प्रयास पछी आफ्नै भवन बन्ने पक्का भएको भएको छ ।


बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहको सहयोगमा जग्गा किनेको एक एक बर्ष नबित्दै भवन निर्माण कार्य पनी अगी बढेकोमा पत्रकार महासघं बाजुरा शाखा सचिव प्रेम बिकले बताए । पत्रकार महासघ बाजुराका अनुसार १ सय बर्ग मिटरमा अत्याधुनीक दुई तले भवन निर्माणको डिजाइन गरिएको पत्रकार महासघंले बताएको छ । भवन बनाउन प्रदेश सरकारले यस आर्थिक बर्षमा ३० लाख बजेट छुट्याएको छ भने अपुग बजेट पछिल्लो आर्थिक बर्षमा समाबेश गरिने मन्त्री प्रकाश शाहले बताएका छन् । सहयोग गर्ने बाजुराका स्थानीय तह र आन्तरिक तथा कानुन मन्त्रालयलाइ अध्यक्ष सिहले धन्यबाद ज्ञापन गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार