मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • गौरीफन्टा नाकाबाट २४७८ जनाको उद्दार, किट सकिएपछि सबैको परीक्षण भएन

गौरीफन्टा नाकाबाट २४७८ जनाको उद्दार, किट सकिएपछि सबैको परीक्षण भएन

  • शुक्रबार, जेष्ठ ९, २०७७
गौरीफन्टा नाकाबाट २४७८ जनाको उद्दार, किट सकिएपछि सबैको परीक्षण भएन

धनगढी : भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट बिहिवार पनि उद्दार गरिएको छ। कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको स्थानीय प्रशासनको समन्वयमा उद्दार भएको हो।

गौरीफन्टा नाकाबाट दुई हजार चार सय ७८ जनालाई भित्र्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनीहरु मध्ये ८ सय २१ जनालाई अहिले पनि धनगढी उप–महानगरपालिका वडा नम्वर २ को नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको र अन्यलाई सम्बन्धित पालिकामा पठाईएको उनले बताए।

धनगढीमै रहेका नेपालीलाई आज स्थानीय तहसंग समन्वय गर्दै सम्बन्धित पालिकासम्म पठाउने तयारी भईरहेको छ। यस्तै सीमाबाट उद्धार गरिएका झण्डै ६ सय जनाको ¥यापिड टेस्ट गर्दा ११ जनामा आरडिटी पोजेटिभ देखाएको छ।

सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले दिएको जानकारी अनुसार ११ जनामा एन्टिबडी देखाएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। कोरोनाको लक्षण देखिएका थप ६ जनालाई पनि अस्पताल भर्ना गरिएको स्थानीय प्रशासनले जनाएको छ।

बझाङ्कको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय पुरुष, वडा नम्वर ११ का २३ वर्षीय पुरुष, बैतडीको मेलौली नगरपालिका ४ का ३३ वर्षीय पुरुष , सोही ठाउँका १९ वर्षीय पुरुष, २३ वर्षीय पुरुष, डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षीय पुरुष, डडेल्धुराको पर्शुराम नगरपालिकाका २७ वर्षीय पुरुष, बैतडीको शिवनाथ गाउँपालीकाका २७ वर्षीय पुरुष, सोही ठाउँका २४ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २० वर्षीय पुरुष, र सोही ठाउँका अर्का २० वर्षीया पुरुष लगायतलाई अस्पतालको आईसोलेनमा भर्ना गरीएको हो।

यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा बिहिवार भने सीमानाकामै ¥यापिड टेस्ट गरिएको हो।

तर ¥यापिड किटको अभावले सबैको परीक्षण भने गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले सुरुमा आउनेहरुमा ¥यापिड टेस्ट गरिएपनि पछि ¥यापिड किट सकिएपछि स्थानीय तहमै टेस्ट गराउने सर्तमा उद्धार गरिएको बताए।   याे खबर दिनेश खबर बाट शाभार गिरएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार