बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • गौरीफन्टा नाकाबाट ८५८ नेपालीको उद्धार, र्‍यापिड टेस्ट पनि भएन

गौरीफन्टा नाकाबाट ८५८ नेपालीको उद्धार, र्‍यापिड टेस्ट पनि भएन

  • बिहिबार, जेष्ठ ८, २०७७
गौरीफन्टा नाकाबाट ८५८ नेपालीको उद्धार, र्‍यापिड टेस्ट पनि भएन

धनगढी —  सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीको बुधवार गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उनीहरुको उद्धार गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बुधवार मध्यराति सम्म उद्धार गरिएको बताए।बुधवार मात्रै ८ सय ५८ जनालाई उद्धार गरिएको बताउँदै उनले ६ सय तीन जना भारतीय नागरिकलाई पनि भारत पठाईएको जानकारी दिए।

‘कैलालीका दुई सय ६०, कञ्चनपुरका दुई सय तीन सहित दर्जन बढि जिल्लाका नागरिकको उद्धार गरिएको हो। सबैलाई सम्बन्धित पालिकामा पठाउने तयारी भईरहेको छ।’ सूचना अधिकारी जोशीले दिनेश खवरलाई भने।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्ष दक्षकुमार बस्नेतले कैलाली र कञ्चनपुरका नागरिकलाई सम्बन्धित पालिकामा पठाईएको बताउँदै अझै धनगढीमा तीन सय ९९ जनालाई राखिएको बताए।

नवदुर्गा माविको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको बताउँदै प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सम्बन्धित पालिकामा पठाउने तयारी भईरहेको बताए।

बुधवार क्वारेन्टाइनमा राखिएका नेपालीका लागि खानाको व्यवस्था कैलाली उद्योग वाणिज्य संघक उपाध्यक्ष पुष्कर ओझाले गरेका थिए।

२ र ३ गते उद्धार गरिएका नेपालीको सीमामी ¥यापिड टेस्ट गरिएपनि बुधवार उद्धार गरिएका नेपालीको भने टेस्ट भएको छैन्। ¥यापिड किट नपाएपछि ज्वरो परीक्षण मात्रै गरिएको स्थानीय प्रशासनले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार