शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाले कोरोना नियन्त्रण गर्न गरेका प्रयास पत्रकार सम्मेल मार्फत जानकारी

त्रिबेणी नगरपालिकाले कोरोना नियन्त्रण गर्न गरेका प्रयास पत्रकार सम्मेल मार्फत जानकारी

  • मङ्लबार, जेष्ठ ६, २०७७
त्रिबेणी नगरपालिकाले कोरोना नियन्त्रण गर्न गरेका प्रयास पत्रकार सम्मेल मार्फत जानकारी

बाजुरा ६ जेठ – बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाले कोरानो भाईसर रोक थाम तथा नियन्त्रणको लागि गरेको प्रयास र कामको बारेमा पत्रकार सम्मेलन माफैत सार्बजनिक गरेको छ । बाजुरा जिल्लाका पत्रकारहरुलाई नगरपालिकामै बोलाएर पत्रकार सम्मेलन मार्फत कोरोना भाईरस सम्बन्धिका गतिबिधिलाई सार्बजनिक गरेका छन् ।
कोरोना रोकथापम तथा नियन्त्रणको लागि नगरपालिकाले ७३ लाख बराबरको रकम खर्च भएको बताएको छ । लक डाउनका कारण समस्या परेका नागरिकलाई सहज बनाउन राहत स्वरुप नगर भित्र बसोबास गर्ने अति गरिब तथा विपन्न परिवारलाई राहात तथा क्वारेन्टाई ब्यबस्थापन क्वारेन्टाईनमा बसेकाहरुको खर्च लगाएत अन्य सुरक्षा सामग्रही खरिद गरि हालसम्म ७३ लाख बराबरको रकम खर्च भएको नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।
नगरपालिकाले कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत कोरोना संक्रमणको जोखिम नियन्त्रणको तयारी र आगामी योजना बारे जानकारी गराएको छ । प्रदेश सरकारले दिएको १४ लाख ३० हजार सहीत ७३ लाख बजेट खर्च भईसकेको र थप जिल्ला बाहिर बसोबास गर्नेलाई पनि वितरण कार्य सुरुगरिएको नगर प्रमुख रावलले जानकारी गराएका छन् ।
हालसम्म साविक तोली, छतारा र कैलाशमाण्डौमा २ सय जना क्षमताको क्वारेन्टाइन बनाएको, चैत्र ११ गतेपछि ८३ जना आएर क्वारेन्टाइनमा बसेको र ३ हजार ६ सय बढी परिवारलाई राहत वितरण गरिसकेको जानकारी गराएको छ । मौरे सहीतका नाकामा स्वयम सेवक राखेर नै नाका सिल गरिएको र चेकजाँच पछि मात्र नगरपालिका भित्र प्रवेश गराउने गरेको बारे पनि पत्रकारलाई जानकारी गराईएको छ ।
१७ सय बढीको संख्यामा जिल्ला बाहिर रहेकोले ती सबैको व्यवस्थापन गर्ने गरी आवश्यक तयारीमा पनि नगरपालिका लागि परेको जानकारी नगर प्रमुख रामसिंह रावलले दिएका छन् । नगर प्रवक्ता प्रेम थापाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सम्पादीत कार्यबारे जानकारी सँगै नेकपा सचिव भरत बुढाले क्वारेन्टाइन बस्ने नियम नमानेको बारे जानकारी गराईएको थियो ।
बैशाख ३१ गते श्रीमति, २ छोरा छोरी र भतिजी सहीत पाँच जना धनगढीबाट आएपनि नगरपालिकाको निर्णयलाई बेवास्ता गरेर घरमा गएको प्रति नगरपालिकाले निर्णय मार्फत आपत्ती जनाएको छ । शक्तिको आडमा प्रहरी प्रशासनकै मिलोमतोमा नियम नमान्ने कार्य गरिएकोले आवश्यक कारवाहीका लागि नगरकार्यपालिकाले निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक सहीतको मिलोमतोमा नेकपा बाजुरा सचिव भरत थापा घरमा बसेको र त्यसै कारण कोरोना संक्रमण फैलिए जिम्मेवारी स्वयम हुनु पर्ने चेतावनी समेत नगर प्रमुख रामसिंह रावलले दिएका छन् ।
जिल्ला बाहिरबाट जो कोही आएपनि अनिवार्य १४ दिने क्वारेन्टाइन र आवश्यक चेकजाँच पछि ७ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान छ । पत्रकार सम्मेलनमा उपप्रमुख राधीका सुनार, वडाअध्यक्ष सहीत कर्मचारी सहभागि थिए । यता नेकपा सचिव भरत बुढाले भने आफू धनगढी सुरक्षित घरमा बसेको र अनिवार्य काम परेकोले घरमै होम क्वारेन्टाइनमा बसेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार