शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेबिसघं बाजुराले गरेकाे गतिबिधीमा पिसविनका कर्मचारी गाेबिन्द थापाकाे गम्भिर असहमति

नेबिसघं बाजुराले गरेकाे गतिबिधीमा पिसविनका कर्मचारी गाेबिन्द थापाकाे गम्भिर असहमति

  • मङ्लबार, जेष्ठ ६, २०७७
नेबिसघं बाजुराले गरेकाे गतिबिधीमा पिसविनका कर्मचारी गाेबिन्द थापाकाे गम्भिर असहमति

नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समिति, बाजुराको मिति २०७७ जेठ ५ गते जिल्ला प्रशासन कार्यालय, बाजुरामा पेश गरिएको भनिएको ज्ञापन पत्रको बुॅंदा नं. ६ प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ र गम्भिर असहमति रहेको छ । • म विगत २.५ बर्षदेखि बाजुरामा सबैभन्दा बढि क्रियाशिल र कार्यक्षेत्र भएको गैर-सरकारी संस्था पीसविनमा कार्यरत छु र कोल्टी क्षेत्रको ओभरल व्यवस्थापनको जिम्मा पाएको छु । यस अवधिमा काम गर्दा हामीले हरेक स्थानीय तहहरु सॅंग निरन्तर समन्वय र सहकार्य गरेका छौं ।

पीसविनले २०४९ साल देखि, जतिखेर स्पष्ट सरकारी नीति नै थिएन, सम्बन्धित जि. वि. स./ गा. वि. स. परिषदबाट कार्यक्रम स्वीकृत गरेर कार्यान्वयन गर्ने गरेको ईतिहास छ । पछि स्थानीय स्वायत्त शासन ऐन, २०५५ र अहिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई अंगिकार गरि सम्बन्धित स्थानीय तहहरुबाट कार्यक्रम स्वीकृत गरी समन्वय र सहकार्यका आधारमा कार्यान्वयन गर्ने गरेको कुरा स्पष्ट पार्न चाहन्छौं । • पीसविनले हाल कोरोना भाइरसबाट सर्ने कोभिड१९ (COVID19) को सम्भावित जोखिमबाट बच्न जनचेतनानूलक कार्यक्रमहरु, स्वास्थ्य सामाग्री सहयोग, सरसफाई सामाग्री सहयोग गरिरहेको छ । जारी लकडाउनको बेलामा विपन्न वर्ग, दलित समुदाय, गर्भवती तथा सुत्केरी महिलाहरुलाई खाद्य तथा पोषणयुक्त खानेकुरा वितरण गरिरहेको छ ।

यी सबै कार्यक्रमहरु गर्दा सम्बन्धित पालिकाहरुसॅंग र वडामा गठित कोभिड१९ नियन्त्रण समूहसॅंग बैठक गरी, लक्षित समूह पहिचान र प्रमाणित गरी, बैठकको दस्ताबेजमा हस्ताक्षर गरी, सम्बन्धित वडाका जनप्रतिनिधिको रोहबरमा, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वयंसेवकहरुको सक्रियतामा वितरण गर्ने गरिएको छ । यस बाहेक कुनै अर्को एकद्वार प्रणाली छ भने हामीलाई थाहा भएन । तसर्थ, उक्त ज्ञापन पत्रको बुॅंदा नं. ६ मा पीसविनलाई कुनै पार्टीमा आवध्द तथा आवध्द गर्ने गरी राहत वितरण गरेको भनी लगाईएको गम्भिर आरोपको खण्डन गर्दै आरोप पुष्टी गर्न उक्त संघलाई चुनौती दिन चाहन्छौं । काममा हुने राजनीतिकरणलाई हामी सिधै खारेज गर्दछौं ।

चर्चामा

सम्बन्धित समाचार