बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चिहान बाट निस्केको चित्कार!(कथा)

चिहान बाट निस्केको चित्कार!(कथा)

  • मङ्लबार, जेष्ठ ६, २०७७
चिहान बाट निस्केको चित्कार!(कथा)

 चर्को घामबाट जोगिन मणि एउटा बृक्षको छाँयमा भएको ढुँङ्गा माथि बस्छ।एकछिन पछि कतै ख्यार-ख्यार गरेको स्वर सुनेर मणि उभ्भिएर चारै तिर नियाल्छ तर त्यँहा ढुङ्गा र बाँया पट्टि किनारामा जंगल बाहेक केहि देखिदैन।न त तँहा पानी ,न कतै चहल-पहल मणिले आफ्नो भ्रम भन्दै ढुङ्गामा पुनः बसेकै थियो ख्यार-ख्यारको आवाज फेरी सुनियो।तर कतै कोईपनि देखिदैन्!मणिले जंगलमा दाउरा घाँस काट्नेहरु होला भन्दै अबिचलित भयर बस्यो।उस्ले बसेरै खोलाको त्यो बगर नियाल्दै जाँदा एउटा ढुङ्गामा खरिले केहि लेखेको जस्तो देखेर उ त्यो ढुङ्गाको नजिकै पुग्छ।

“चिहान बाट निस्केको चित्कार”हो यहि त्यो ढुङ्गामा लेखिएको थियो र त्यसैको नजिक आर्को ढुङ्गामा”देशको रक्षक ब न”भनेर खरिले लेखेको थियो।मणिले त्यो कुनै बालखहरुले लेखेको अनुमान लगाउँदै त्यहि ढुङ्गामा बसेर मनमनै”जुन देशका बच्चाहरु यस्ता देशभक्त छन त्यो देशलाई कसैले छुँन नसक्नु प्रने तरपनि देशमा निरन्तर अतिक्रमण भयकैछ”भन्दै गनगन गर्दै थियो कि फेरी त्यँहा बाट चर्को रुपमा ख्यार-ख्यार को आवाज सुनियो जस्तो कि कसैले खुकुरी वा कुनै हथियार उदाएको आभाश हुँन्थ्यो।मणि एसपटक ढुङ्गामा चडेर गम्भिर रुपबाट चारैतिर नियाल्न थाल्यो,यसपटक उस्ले नजिकैको एउटा रुखमा “वीर बलभद्र कुँवर अंमर रहुँन!”लेखेको देखिन्छ,यति राम्रो शब्द र लेखाई कुनै बालख को हुँनसक्दैन भन्ने सोँचेर उस्ले अरु चारैतिर नियाल्न थाल्छ।अलि पर एउटा युवकले केहि गर्दै गरेको देख्छन।

ए-भाई मिणिले युवा तिर आवाज लगाउँछन! मणिले बोलाएको सुनेपछि त्यो युवा मणिको नजिकै आएर आफ्नो हातमा भएको खुकुरीलाई दावमा राख्दै हजूर किन बोलाउँनु भयो?अनि हजूर को हुँनुहुँन्छ?प्रश्न गर्छ।मुश्किलले बाईस-त्येईस बर्षको नव युवा जोसिलो वा निडर ,उज्यालो अनुहार मज्बुत जिउडाल भएको ठिटोको प्रश्नको उत्तर दिँदै म यो ठाउँमा अज्नवी हुँ एउटा परदेशी प्रचण्ड घाम बाट जोगिन एकछिन एसो बाटोछलेर रुखको ओटलागेको थिएँ भन्छन। यो ढुङ्गामा लेखेको हजूरले हो?मणिले युवातिर फर्कदै सोध्छन।

होईन!यो त चिहान बाट निस्केको चित्तकार हो!युवाले आफुले मुख छोपेको मास ठिक गर्दै उत्तर दिन्छ। कस्को चिहान बाट निस्केको चित्तकार हो त?मणिले आश्चार्य हुँदै प्रश्न गर्छन। खलङ्गाको नालापानी मा शहिद भयका पाँच सए तिस जना महिँला बाल बृद्धा देशभक्तहरु को चित्कार हो यो।”देशलाई जोगाउ”भन्दै आबहान गरेकाछन।त्यो युवाले अगाडि भन्छ-मैले पढेर डिग्रि पास गरेँ तर छिमेकमा गएर नोकरी माग्न होईन यो देशको लागि शहिद हुँनलाई अब कालापानी जाने तैयारीमा छुँ।त्यसैको लागि मैले अभ्यास गर्दै छुँ !त्यो युवकले निर्धक्क भएर भन्दै जान्छ उस्मा डर नामको रत्ति चिन्ह देखिदैन।उ जोशिलो,फुर्तिलो निडर छ,यस्ता देशभक्त युवाहरु जन्माएको यो शक्तिशाली देशलाई कस्ले खोस्न सक्छ?कसैको हिम्मत छैन।मणिले आफ्नो मन मनै त्यो युवालाई गहिररी नियाल्दै भन्छ।

अनि नाला पानीको बारेमा केहि भन्दिनु भाई मलाईपनि!मणिले युवा तिर हेर्दै जिज्ञाशा राख्छन।”यो देश सदियौँ देखि शंघर्ष गरेर बाँचेकोछ”त्यँहा ति ढुङ्गा हरु देख्नु हुँन्छ?युवाले ठुला ठुला ढुङ्गातिर ईसारा गर्दै भन्छ।देखे किन?मणिले प्रश्न गर्छन!तिनि वास्तबमा ढुङ्गा होईनन् युवाको कथन सुँनेपछि,ति ढुङ्गा नभएर के हुँन त?मणिले आश्चार्य दर्शाउँछन।त्यँहा भएका पाँच सए चालिस ढुँगाहरु जस्तै देखिने वास्तबमा नाला पनीका शहिदहरु हुँन।युवाले बडो गम्भिर लहेजामा भन्छ,उ त्यता हेर्नुश त युवाले अर्को तिर ईसारा गर्दै भन्छ!मणिले उले गरेको ईसारा तर्फ नियाल्दै केछ त्यँहा?सोद्छन।

त्यँहा भयका ति चट्टानहरु मध्यका सत्रवटा एकि करणमा बिर गति पाएका महान शहिदहरु हुँन!भन्दै उ अगाडि बढ्छ अहिले मणि उस्को पछि-पछि हिडेकाछन। यँहा हो काजि कालु पाण्डे-वि.स१८१४कृतिपुरको लडाईमा शहिद भएका”चट्टानको माथि लेखिएको थियो।त्यस्तै गरी उ सिकाउँदै जान्छ-काजी तुलाराम पाण्डे-किन्तिपुरको लडाईमा शहिद भयका,काजी नयनसिहँ थापा-अल्मोडाको लडाईमा शहिद भयको,सरदार भक्तिथापा-१८७१देउथलको युद्धमा,सेनापति शिवराम सिहँ थापा-सागँचोकको लडाईमा,वीर अंमरसिहँ थापा-पलाञ्चौकको लडाईमा,जयकृष्णा कुवाँर-तिमालको लडाईमा,पर्शुराम थापा-समनपुरको लडाईमा,सरदार गन्धर्भ राणा-काँग्डाको लडाईमा,भाष्कर राणा-दिगर्चाको लडाईमा,चौतरिया हस्तिदल शाह-१८७१अलमोडाको लडाईमा,केहेर सिहँ बस्नेत-सतुहुँको लडाईमा,भन्दै ति ढुङ्गाहरुमा खरिले लेखेको तिर सिकाउँदै हो यिनै देशभक्त एकिकरणका दुतहरुको चित्कारहो आवहान हो!हजूरले सुन्नुभयको।यो देशलाई अखण्ड राख्न पृथ्वी नारायण शाहको आबहान हो।

सबैले आ-आफ्नो उदेश्य चिहानबाट सुनाएकाछन।उनिहरु मरेरपनि जिउँदाछन र हामिलाई प्रेणा दिईराखेकाछन।उक्त युवाको आँखामा ज्वाला थियो उस्ले आर्को तिर ईसारा गर्दै भन्छ-उता हेर्नुश पाँच सए तिसौटा ढुँगाहरु जस्मा नाम थिएनन् तर सबैमा नालापानीका वीर शहिद लेखिएको थियो।उता ईसारा गर्दै मणिलाई अगाडि भन्दै जान्छ-वि.स.१८७१मा भयको अंग्रेज र नेपाल बिचको युद्ध को बारेमा सुनाउँदै-त्यो ढुङ्गा देख्नु हुँन्छ?त्यो ढुङ्गामा”लाहुरे”लेखिएको थियो।देखे तर त्यसमा लाहुरे किन लेखिएकोछ त?मणिले सोधे!हो त्यसैको बारेमा भन्दैछुँ मैले”युवाले कथा सुनाउँन थाल्छ-वीर बलभद्र कुँवर ले आफु सहित ६००जना महिला बृद्ध र बालखहरुको फौज लिएर खलङ्गाको नालापानी मा अंग्रेजहरु सँग युद्ध लड्छन।उन्ले महिनौ त्यो किल्लाको रक्षा का लागि शंघर्ष गरेकाछन,अंग्रेजहरुको आधुनिक हथियार र बिशाल फौज सँग बलभद्र कुँवरले खुकुरी, भाला,हसिया, बन्चरा र ढुङ्गाहरु द्वारा मुकाविला गरेका हुँन्छन।

अंग्रेज का सेनापति जनरल जिलेप्सी समेत कयौँलाई ढेर गराईदिन्छन।तर..के तर.मणिले सोध्दछन।कायर अंग्रेजी हूकुमतले ठुलो शडयन्त्र रच्छ किल्लामा आउँने पानीको मुहान समेत थुनि दिन्छन।तरपनि हप्तौँ भोकै प्यासै शंघर्ष गरेर किल्ला गब्जा गरे।अन्तिम मा बचेका सहत्तर जाना सिपाहि सहित नाङ्गो खुकुरी लिएर बलभद्र किल्लाबाट भाईर निस्किन्छन। जब अंग्रेज किल्ला भित्र प्रवेश गरे उनि हक्का बक्का भए।युवाले ठुलो स्वस फेर्छ अनि मणितिर हेर्छ।फेरी केभयो?मणिले अगाडि प्रश्न गर्छन!किल्ला भित्र अबोध महिलाँ बालख र बृद्धाहरुको लाश बाहेक केहि थिएन।हतियारको नाम मा हँसिया,खुकुरी खुणा,बञ्चराहरु थिए भित्र प्यासले र भोकले मरेका बच्च महिलाहरुको लाश गनाउँथ्यो।उनिहरु लाई जस्ले रिङाएका थिए त्यो शक्ति देखेर अंग्रेज हरु आश्चार्य हुँदै एउटा स्मार्क तैयार पारे”हाम्रा वीर शत्रु बलभद्र र उन्का वीर गोर्खा साथिहरुमा सम्मानोपहार”लेखेको ब्यानर लगाएर शुलुट ठोकेका थिए।

त्यो १८७१-बाट१८७३सम्म चलेको युद्धमा हाम्रो देशले ठुलो नोक्सानि ब्यहोर्नु परेको थियो।बलबद्र त्यो सम्झौताको बिरुद्धमा थिए पछि उनि यो देशनै छाडेर “लाहूर”भन्ने ठाउमा गए अनि फेरी कहिलेई फर्किएनन्।भन्दा उस्को उनुहार रातो पिरो देखिन्थ्यो आँखामा ज्वाला बोलेको आभाष हुँन्थ्यो।मणिलाई यो युवाको कथाले आँखा रसाउँन बाध्य गरायो।शूर्य ले नेटो काट्दै थिए युवा यति भनेर बिदा लिई सकेको थियो मणि बिस्तारै पाईला अगाडि बढाउँदै जान्छन।

चर्चामा

सम्बन्धित समाचार