बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दुश्मनले सदियौ अचानो बनायो

दुश्मनले सदियौ अचानो बनायो

  • मङ्लबार, जेष्ठ ६, २०७७
दुश्मनले सदियौ अचानो बनायो

गजल!
बिशाल यो देशलाई सानो बनायो,
दुश्मनले सदियौ अचानो बनायो।

सारेर साँद ति जङ्गे खम्बाहरु लाई,
पानीमाथि आफु ओ बानो बनायो।

सदियौँ रोजी बेटिको साईनो गाँसी,
निजि स्वार्थि जिवन न्यानो बनायो।

देखेकैछन सबै छिमेकि लुटेरालाई,
निजिकै भयापनि बि रानो बनायो।

गरेर असमान शंधि अनि सम्झौता,
हाम्रै देशलाई मानो नछानो बनायो।

पुस्तौँ देखि लाहुरको आसामा बसे,
बञ्जर भयो जमि न दानो बनायो।

बिकाश हुँन नदिन आफ्नै बजार झैँ,
लाचार देश लाई शुन्य आनो बनायो।

ईष्ट पुष्ट जन्मिएका शन्तानहरु लाई,
देख्नै नसक्ने लाचार कानो बनायो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार