शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा समर्थक कर्मचारीबिरुद्ध नेबिसघकाे ज्ञापन पत्र

नेकपा समर्थक कर्मचारीबिरुद्ध नेबिसघकाे ज्ञापन पत्र

  • सोमवार, जेष्ठ ५, २०७७
नेकपा समर्थक कर्मचारीबिरुद्ध नेबिसघकाे ज्ञापन पत्र

बाजुरा– नेपाल बिद्यार्थी सघ बाजुराले बाजुरा जिल्लाका नेकपा समर्थक कर्मचारीका बिरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । बाजुरा जिल्लाका नेकपा समर्थक कर्मचारीहरुले जिल्लामा नियम बिपरित काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । बिश्व कोरोनाको त्रासमा रहेका बेला नेबिसघं बाजुराले भारतले सिमा मिचेको भन्दै केही दिन अघिदेखी नेपाली भुमी लिपुलेख लिम्पयाधुरा कालापानी फेर्ता गर्न गरिएको आन्दोलनमा नेकपा बाजुराले बिरोध गरेको कुरा सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । राष्ट्रियताको सवालमा सम्पुर्ण बिद्यार्थी संगठन एक भएर लाग्नुपर्ने ठाउँमा केही बिद्यार्थी संगठनले कारर्बाहीको माग गरेको देख्दा सो संगठन र त्यसको माउपाटी पुर्ण रुपमा भारतिय बिस्तारबादका पक्षमा देखीनु हामी सबैका लागि दुखद कुरा रहेको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


त्यसै गरि बाजुरा जिल्लाबासीको हितका लागि सेवा गर्ने हिसावले आएका राष्ट्रसेवक कर्मचारी हरुलाई काम गर्ने वातावरण नगरी स्थानीइ भनिएका कर्मचारीले सरकारी कार्यालयका सुचना आफु अनुकुल सम्बद्धपाटी नेकपालाई बाहिर ल्याई राष्ट्रसेवक कर्मचारीका बिचमा बिबाजित हुनु गरेको र सरकारी कार्यालयमा वातावरण प्रतिकुल पार्ने गरि कार्यहरुको बिरोध गर्दछौ सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा सर्मथक कमचारीको कार्बाहीका लागि ७ बुदे ज्ञापनपत्रमा सो कुरा उल्लेख गरेको छ । बाजुरा कोशेलीघरको नाममा दोहोरो रकम लिएर हिनाबिना गरेको,कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल धनबहादुर थापाले जिल्ला भरीका सरकारी कार्यालयका गोप्य सुचनाहरु नेकपा पार्टीलाई दिएर बिबादमा तान्ने गरेको, त्यसै गरि जिल्ला अस्पतालका अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले गैर जिम्मेवार तरिकाले आइसोलेशन कक्ष अगाडी ब्याडब्यान्टीन खेल्ने गरेको,जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराका प्रमुख नेकपाका केही नेताका आफन्तलाई ठाडो आदेशमा कर्मचारी भर्ती केन्द्र बबनाएको लगायतको ७ बुदे ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको नेबिसघं बाजुराका उपाअध्यक्ष जनक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार