बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाका मेयरका कारण नगरपालिका फेलर छ नेकपा बुढिगंगा नगर कमिटि अध्यक्ष : थापा ( भिडियाे सहित)

बुढिगंगा नगरपालिकाका मेयरका कारण नगरपालिका फेलर छ नेकपा बुढिगंगा नगर कमिटि अध्यक्ष : थापा ( भिडियाे सहित)

  • सोमवार, जेष्ठ ५, २०७७
बुढिगंगा नगरपालिकाका मेयरका कारण नगरपालिका फेलर छ नेकपा बुढिगंगा नगर कमिटि अध्यक्ष : थापा ( भिडियाे सहित)

लक्ष्मीराज पाध्याय– बुढिगंगा नगरपालिका मेयरका कारण फेल भएको नेकपा बुढिगंगा नगर कमिटि अध्यक्ष नरेन्द्र थापाको भनाई रहेको छ । बडिमालिका मिडिया हाउसको नियमीत बहस कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै नगर कमिटि अध्यक्ष थापाले नगरप्रमुखको हलो अड्काउने काम बाहेक अरु केही नगरको बताएका छन् । नगर प्रमुखको गफ बढि र काम कम भएकोले मैले कुरा भनेको अन्तरबार्तामा भनेका छन् ।
प्रमुख प्रसासकिय अधिकृतको बिबाद भएको भनेर बिभिन्न प्रचार भए पनी कानुन बमोजिम जानुपर्ने कुरामा खवरदारी गरेको उनको दावी रहेको छ ।
बिधिको शासान भएको देशमा कानुनी कुराहरु गर्न आग्रह गरिएको हो अरु कसले के भन्यो र के गरेको हो भन्ने कुरा आफुलाई जानकारी नभएको बताए ।
बिश्व कोरोनाको रोकथामका लागि स्थानीय तहले बिभिन्न काम गर्नुपर्ने अबस्थामा काठमाण्डौमा बस्ने नगर प्रमुखले के काम गर्न सकिन्छ भन्ने कुराको नगर कमिटि अध्यक्ष थापाले नगर प्रमुखलाई आरोप लगाएका छन् ।
नगर प्रमुख फेल हुन सक्छन तर नगरपालिका फेल गर्न पाईदैन त्यो नैतिकरुपमा नगर प्रमुख फेल भएका हुन थापाको भनाई रहेको छ । नगरपालिका हरेक दृष्टीकोणबाट नगरपालिका फेल भएको उनको भनाई रहेको छ ।
अर्को प्रस्नमा सघं र प्रदेश सरकारले महत्वपुर्ण काम गरेको भए पनी स्थानीय तह जो बुढिगंगा नगरपालिकाले कार्यन्वयन नगरेको आरोप लगाएका छन् ।
कोरोना भाइरस कोबिट १९ को रोकथाममा तथा नियन्त्रणका लागि नगरपालिका कछुवा गतिमा गएको थापाले आरोप लगाएका छन् । नगरपालिकाको बिकाशका लागि नेकपा बुढिगंगा कमिटि र वडाअध्यक्षहरुको पटक पटक खवरदारी गर्दा पनी नगर प्रमुखको ध्यान जान नसकेको अध्यक्ष थापाले बताएका छन् ।
फरक प्रसंगमा लिपुलेक लिन्पियाधुरा नेपालको हो र त्यो नेकपा नेता तथा सुदुपश्चिम प्रदेस ईचार्ज डाक्टर भिम रावल एकले मात्र कुरा उठाएको कुरामा आफ्नो समर्थन रहेको रहेको बताए । पार्टिको बिधि र पद्धती अनुसार उहाँको अभियानमा आफ्नो समर्थन रहेको बताए । बिधीवत रुपमा लिपुलेख नेपालले मेरो होइन भनेर फेर्ता गर्नुपर्यो नभए हामी सबैले आन्दोलनमा जान भन्नुपर्यो त्यसैले डाक्टर रावलको अडान सहि छ तर पाटीको हित बिपरित डाक्टर रावलले गरेको भए पनी अडान सहि भएको दावी गरेका छन् ।

https://www.youtube.com/watch?v=-geJuVJF1BM&t=1716s

चर्चामा

सम्बन्धित समाचार