बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • खुल्ला मञ्च माथिको अर्धनग्न नाचले अनेरास्ववियुलाई कहाँ पुर्याउछ?-

खुल्ला मञ्च माथिको अर्धनग्न नाचले अनेरास्ववियुलाई कहाँ पुर्याउछ?-

  • सोमवार, जेष्ठ ५, २०७७
खुल्ला मञ्च माथिको अर्धनग्न नाचले अनेरास्ववियुलाई कहाँ पुर्याउछ?-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्देशनमा अनेरास्ववियु र युवा संघ बाजुराले राजनैतिक पुर्वाग्रहका आधारमा बाजुरा जिल्ला स्थित राष्ट्र सेवक कर्मचारी माथी पटक-पटक आक्रमणको प्रयास गरेको भन्दै नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचिव,कांग्रेस युवा नेता योगेन्द्र रावलले नाङ्गो हस्तक्षेप बन्द गर्न चेतावनी दिएका छन् । नेता रावलले सामाजिक संजाल मार्फत ” खुल्ला मञ्च माथिको अर्धनग्न नाचले अनेरास्ववियु/युवा संघ बाजुरालाई कहाँ पुर्याउछ त्यो त थाह छैन।

राजनैतिक पुर्वाग्रहका आधारमा राष्ट्रसेवक कर्मचारी माथी जिल्ला स्थित नेकपा पार्टी र त्यसको भातृ संगठनले गर्दै आएको व्यबहार आपत्ति जनक छ| कानुनी राज्यमा कानुन हातमा लिने कुरा स्विकार्य नभएकाे बताएका छन् । जहाँ सम्म भारतले लिपुलेक,लिम्पियाधुरा,कालापानी क्षेत्र अतिक्रमण गरेको बिरुद्धमा नेबि संघले आवाज बुलन्द गरेको भन्दै कार्वाही गर्न अनेरास्ववियुले माग गरेको छ,यो हास्यास्पद छ । ए अखिलका मित्रहरु! हिम्मत छ भने नेबि संघ लाई कार्वाही होईन आउनुस संगै मिलेर सिमा अतिक्रमण बिरुद्द आवाज बुलन्द गरौँ ?” भन्दै आग्रह गरेका छन् । नेता रावलले राष्ट्र सेवक कर्मचारी नागरिकको सेवामा समर्पित हुनु पर्छ त्यसमा दुइमत छैन तर कहिले त्रिवेणी कहिले बुढीगगा कहिले को.ले.नि.का. र हाल आएर बिना कसुर फरक बिचार राख्ने कर्मचारी छानि-छानी लान्छना लगाउने र अनावश्यक धम्की दिने कार्य खेदजनक/घृणित भएको बताएका छन् । नेता रावलले नेबि संघले लिपुलेक,लिम्पियाधुरा,कालापानी क्षेत्र अतिक्रमणको बिरुद्ध आवाज उठाउदा अनेरास्ववियुले कार्वाहीको माग गर्नु हास्यास्पद रहेको बताए ।

नेकपालाई देश बेच्ने अधिकार नभएको भन्दै रावलले पार्टीको भजनमण्डलिमा नलागि सिमा अतिक्रमण बिरुद्ध लड्न नेबि संघ संगै सडकमा आउन आग्रह गर्दै राष्ट्रिय हितमा सहकार्य गर्न तयार रहेको बताए । बाजुराका केही राजनीतिकर्मी जस्ले आफुलाइ राजनेता ठान्नुहुन्छ उहाँहरु खाली कर्मचारीको पछाडि लाग्नु भन्दा बाजुराको विकासमा ध्यान दिन आग्रह गर्दै रावलले लोकतान्त्रिक मुलुक कानुन हातमा लिनेकुरा स्विकार्य नभएको बताए हामी राजनैतिक स्वतन्त्रताको निम्ति लामो समय लडेर यो ब्यवस्था लायएको हो। मान्छेको वाक स्वतन्त्रता खोस्ने,कुटपिटको धम्की दिने,कानुन हातमा लिने अनि खुल्याम दादागिरी गर्ने प्रचलन छोड्न दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार