बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • कोभिड १९ ले गाउघरलाई पारेको असर

कोभिड १९ ले गाउघरलाई पारेको असर

  • आइतवार, जेष्ठ ४, २०७७
कोभिड १९ ले गाउघरलाई पारेको असर

चीनको हुवान शहरबाट सुरु भएको कोराना भाईरसले यतिबेला बिश्व नै आकारान्त बनेको छ । जसरी बिश्वका शक्तिशाली राष्ट कोरानाले बिचलीत भएका छन् । नेपालको त कुरै नगरौ हाम्रो देश गरिब छ, हामी गरिब छौ । त्यसैमा पनि राज्यबाट सौत्यनि ब्यबहारको उपाति जस्तै पाएको सुदुरपश्चिम प्रदेश हो । सुदुरपश्चिमबाट पनि सबै अबवस्थामा पीछडीएको जिल्ला बाजुरा जिल्ला हो ।
यति बेला बाजुरा जिल्ला पनि हरेक दृष्टिकोणबाट आक्रान्त छ । बाजुरा जिल्लाको सबै गाउघर यति बेला आफैमा तनावपूर्ण छन् ।
गाउघर सुनसान जस्तै देखिन्छन् । गाउमा बेरोजगारि बढेको छ । भाकमरी मौलाएको छ । दैनीक ज्यालादारी काम गर्ने न्यून आयस्रोत भएका परिवारको चुलोमा आगो बलेको छैन । स्कुल बन्द हुदा पठन पाठनमा बन्द भएको छ । सरकारका योजनाहरु लथालिङ्ग अबस्थामा छन् । गाउमा आएको बिकासको योजना बन्द हुदा बेरोजगारी बढ्दै गएको छ ।
स्वास्थ्य क्षेत्रबाट बिमुख बुढीगंगा नगरपालिका वडा नम्बर ९ को जुवापानीमा सुदुरपश्चिम प्रदेशबाट ब्रथिङ सेन्टर स्थापनाको लागि २५ लाखको योजना आयो । नगरपालिकाले वडालाई निर्माण समिति गठन गर्न परिपत्र ग¥यो । वडा सदस्यको रोहोबरमा निर्माण समिति गठन भयो । ब्रथिङ सेन्टर निर्माणको लागि जिल्ला स्वास्थ्य कार्यालयमा पक्रिया अगाडी बढ्दै गर्दा कोरोना चिनको हुवान शहरमा फैलिएको हल्ला थियो । ब्रथिङ सेन्टर निर्माणको लागि अफिसियल काजजातको ढिलाईको कारण समझौता हुन नपाउदै बिश्वका अन्य देश लगाएत नेपालमा पनि फैलिन सक्ने कुरालाई सरकारले मध्यनजर गर्दै भोली नै सुरु गरिने एसईई परिक्षालाई रोकेर लकडाउन घोषणा ग¥यो ।
लकडाउन सुरु भएसंगै गाउमा आएको बिकासको योजनाले रोजगारी सृजना गर्ला सुबिधा पनि रोजगारी पनि हुने भन्ने हेतुले गाउघरका धेरै दाजुभाई तथा दिदिबहिनी हर्ष उल्लास थिए । बिडम्बना यहा उल्टै भईदियो । न त बिकास न त रोजगारी नै । स्वाथ्यको पहुचबाट सधै टाढा जुपापानी बासीलाई आफ्नै गाउमा ब्रथिङ सेन्टर आएको खबरले गाउ नै हर्षित थियो । लकडाउनको प्रभाब अफिसियली कागजजतगतको ढिलाईले ब्रथिङ सेन्टरको योजनाको समझौता जिल्ला स्वास्थ्य कार्यालयसंग हुन पाएन ।समझौता प्रकृया गर्दा गदै नेपाल सरकारले बजेट रोक्काको खबर आयो । बजेट रोक्का पछि स्वास्थ्य कार्यालय प्रमुखले समझौता गर्न नमिल्ने बताए । बजेट फुकुवाको लागि पत्र मन्त्रालयमा पठाएको छु । बजेट फुकुवा हुने नहुने कुनै खबर छैनन ।
यो खबर गाउबासीले सुन्दा ब्रथिङ सेन्टर निर्माणको लागि बनेको निर्माण समिति कतै आएको योजना पनि नबन्ने होकी भन्ने कुराले चिन्तित छन् ।
त्यस्तै जुपापानी गाउ लामो समयसम्म खाने पानीको अभाक झेल्दै आएको थियो । जुपापानी बासीले खानेपानि योजना मागको लागि साबिको बाह्रबिस गाविस ,जिल्ला बिकास समिति हुदै जिल्ला खानेपानिमा हार गुहार नगरेको हैन कसैले गुनासो सुनेन । स्थानिय तह निर्माण भईसकेपछि बुढिगंगा नगरपालिका ९ वडाबाट जुवापानीमा खाने पानीको लागि योजना माग गरियो । त्यसै अनुरुप बुढीगंगा नगरपालिका अन्र्तगत आरभिडब्लु आएमपीबाट खानेपानी बनाउन योजना पास भायो ।
गाउमा खानेपानि योजना आएको सुन्दा गाउबासी झनै खुशी भए । जुवापानीका सबै घरधुरीमा एक घर एक धारा बनाउने गरि प्राधिक आएर सब्रे भायो। खानेपानि निर्माण समिति गठन गरि समझौता भयो । काम सुरु भयो । गाउबाट खानेपानि निर्माणको लागि गाउले सबै काममा गए । गाउमै रोजगारी पाएकोमा भारतका बिभिन्न सहरमा मज्दुरी गरि खाने गाउबासी भारत जान रोकीए गाउमै काम पनि पाईने बिकास पनि हुने भन्ने सोचले उत्साहीत थिए ।
नेपाल सरकारले कोरोना भाईसरको कारण लकडाउनको घोषणा ग¥यो । घर भन्दा बाहिर ननिस्कन सरकारले उदृत जारी गरेसंगै आओत जाओत अनि बिकास निर्माणका काम ठप्प भए । दैनीक ज्यालादारी गरि खाने परिवार निम्न आए स्रोत भएका परिवारलाई हाल छाक टार्न पनि धौ धौ भएको छ । सरकारले राहतको प्याकेज ल्याएको छ । थोरै राहातले ठुलो परिवारलाई कति पुग्ने हो ।
बाजुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य प्रकाशबहादुर शाह र बलदेब रेग्मीले प्रतिनिधित्व गरिरहेका छन् । त्यसैमा पनि प्रकाश बहादुर शाह सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा गृह कानूम मन्त्री छन् । बाजुराबाट प्रतिनिधित्व गरि पठाएका माननीयहरुले बाजुराली जनताको जीबिको पार्जनको लागि सोच्नु पर्ने देखिन्छ । स्थानिय तहले पनि राहातका कार्यक्रमलाई बढाओस् । गाउघरका सोझा साझा र हरेक पहुचबाट टाढा भएका जनताको सुरक्षको लागि बिशेष पहल गरियोस् ।

चर्चामा

सम्बन्धित समाचार