बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • लकडाउनका कारण सबै भन्दा बढि महिला पिडीत छन : उपप्रमुख सुनार (भिडीयाे सहित)

लकडाउनका कारण सबै भन्दा बढि महिला पिडीत छन : उपप्रमुख सुनार (भिडीयाे सहित)

  • शुक्रबार, जेष्ठ २, २०७७
लकडाउनका कारण सबै भन्दा बढि महिला पिडीत छन : उपप्रमुख सुनार (भिडीयाे सहित)

लक्ष्मीराज पाध्याय–  बिश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा महिलाई सबै भन्दा बढि समस्या भएको त्रिबेणी नगरपालिकाकी उपप्रमुख राधिका सुनारले बताईन ।
लकडाउनको प्रत्यक्ष प्रभाव महिलामा परेको बडिमालिका खवरको कोरोना कहरमा स्थानीय तहको भुमिका बिषायक अन्तबार्तामा बताएकी हुन ।
नगरपालिकाले महिलाका लागि भनेर बिभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको उपप्रमुख सुनारले कोरोनाको कहरमा स्थानीय तहको भुमिका कार्यक्रमको अन्तबार्तामा बताएकी छन् ।
यतिबेला बिस्व नै कोबिट १९ को महामारीमा लडिरहेको र त्यसको प्रभाव नेपालसंगै बाजुरा र हाम्रो नगरपालिकामा परेकोले नगरपालिकाको आउदो कार्यक्रमहरु महिलाहरुका लागि छुट्टै ल्याउने बताएकी छन् । गाउँघरमा यतिबेला कामको सिजन भएको भए पनी कोही पनी बाहिर निस्कन नपाएको र घरमा बस्ता बिभिन्न हिंसाका घटनाहरु घट्ने सम्भावना रहेको सुनारले बताइन् ।
फरक प्रसंगमा उप प्रमुख सुनारले यतिबेला निकै सचेतना अपनाउन पर्ने बेला भएकोले नगरपालिकाका सबै महिलाहरु सचेत हुन आग्रह समेत गरेकी छन यतिबेला गहु जौ टिप्ने र कामको सिजन भएकोले सामाजिक दुरी कायम गरी काम गर्न नगरबासी महिलाहरुलाई आग्रह समेत गरेकी छन् ।
लकडाउनका कारण समस्यामा परेका नागरिकहरुका लागि राहतका कार्यक्रम पनी अगाडी बढाएको उनले बताईन । राहत बितरण कार्य सबै वडामा भईरहकोले कोही पनी बिपन्न गरिव, हरु नछुटोस भनेर वडाअध्यक्षहरु निकै खटिएको र वडाअध्यक्षहरुको कामको प्रसंसा समेत गरेकी छन् । आफ्नो नगरपालिकाका सबै वडाअध्यक्षहरु निकै काममा खटिएका उनले बताइन ।

https://www.youtube.com/watch?v=gp8BWCDYJWo&t=7s

चर्चामा

सम्बन्धित समाचार