शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाले २ करोडको राहात कोष स्थापना

बुढीगंगा नगरपालिकाले २ करोडको राहात कोष स्थापना

  • बिहिबार, जेष्ठ १, २०७७
बुढीगंगा नगरपालिकाले २ करोडको राहात कोष स्थापना

पदम सिंह/ बाजुरा १ जेष्ठ – बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले कोराना भाईरस रोकथामको लागि २ करोडको राहात कोष स्थपानन गरेको छ । नगर कार्यपालिकाको बैठकबाट कोरोना भाईरस महामारी राहात मापदण्ड कार्यबिधि २०७६ पारित गरेको हो । उक्त राहात बितरण कार्यबिधि अनुसार राहात बितरण सुरु गरिएको नगर प्रमुख दिपक बिक्रम शाहले बताए ।
कार्य बिधिअनुसार नगरपालिकाका १० ओटै वडामा वडा अध्यक्षको संयोजगत्वमा वडा राहात समिति गठन गरेर दैनीक ज्यालादारी गर्ने निम्म आए स्रोेत भएका परिवारको संख्या संकलन गरिएको र उक्त डाटाको आधारमा राहात बितरण भईरहेको शाहले बताए ।
नगरपालिकाले बनाएको राहात मपदण्डमा १५ हजार भन्दा माथि तलब खाने परिवारलाई राहात नदिने र त्यो भन्दा कम तलब हुने परिवारले अन्य परिवारको भन्दा आधा राहात पाउने भनिएको छ । त्यसै गरि जिल्ला बाहिर उच्च शिक्षाको लागि काठमाण्डौमा समस्यमा परेका बिद्यार्थीहरुलाई २५ सयका दरले राहात बितरण गरिने बताईएको छ । त्यसै उपचारको शिलशिलामा जिल्ला बाहिर अलपत्र परेकाहरुलाई समेत राहातको ब्यबस्था नगरपालिकाले गर्ने कार्यपालिका सदस्य तथा वडा नम्बर ९ का अध्यक्ष भरत थापाले बताए ।
नगरकार्यपालिकाले नगरपालिकाको अबण्डा रकमबाट राहात कोषमा २ करोड हाल्ने निर्णय गरेको र उक्त राहात कोषबाट नगरपालिकाका दैनीक ज्यालादारी गरेर खाने परिवारले कोरोनाका कारण दैनीक ज्यालादारी गर्न नपाएर समस्यमा परेका परिवार न्यून आए स्रोत भएका परिवारलाई उक्त राहात कोषबाट खर्च गर्ने बताईएको छ । त्यसै गरि जिल्ला बाहिरबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको ब्यबस्थापनको लागि पनि उक्त राहात कोषबाट रकम खर्च गरिने निर्णए भएको नगर प्रमुख दिपक शाहले बताए ।
हाल सबै वडाबाट डाटा संकलन गरेर दैनीक डाटाको आधारमा १० ओटै वडाहरुमा ३० किलो चावल, ३ किलो दाल, १ किलो चिनी, दुई पोका तेल, २ पोका नून, चार पीस हातधुने साबुन, हरियो तरकारी बन्दा गोबी बितरण गरिएको गर्न सुरु गरिएको शाहले बताए ।
नगरपालिका भित्रकै किसानले फलाएको तरकारीलाई नगरपालिकाले खरिद गरेर राहातसंगै तरकारी पनि बितरण गरिएको छ । राहातमा दाल चावलसंगै तरकारी दिदा पोषिलो खाने कुरामा समेत राहत हुने भएको छ । राहत दिने कुरा दैनीक ज्यालादारी अति बिपन्न परिवारलाई हो, त्यसमा धेरै सुनौला हजार दिनका आमा र बालबालिका पनि परेको छन । खाद्यन्नसंगै हरियो तरकारी बितरण गर्ने निर्णय धेरै राम्रो निर्णय भएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताए ।
नगरपालिकाका सबै वडाहरुमा राहात बितरण सुरु भएसंगै जिल्ला बाहिरा काठमाण्डौमा अलपत्र परेका बिद्यार्थीहरुको डाटा समेत संकल कार्य भईरहकको नगर प्रमुख शाहले बताए । यो कार्यमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पनि नगरप्रमुख शाहले आग्रह गरेका छन् । कोरानाले आफ्नो पराई भन्दैन सबैले कोराना रोकथापमा सहयोगी भूमीका निभाउनु पर्ने उनले बताए ।
कोराना कोक्न एक ठाउबाट अर्कौ ठाउ जानेहरुको लाई प्रत्येक वडाको सिमानामा स्वयम सेवक समेत परिचालन गरि नगरपालिका आउने जानेको डाटा संकलन भईरहेको शाहले बताए ।
जिल्ला अस्पतालमा आईसोलेसन कक्ष निर्माणको लागि बुढीगंगा नगरपालिकाले एक लाख रुपैया समेत सहयोग गरेको मेयर शाहले बताए ।

चर्चामा

सम्बन्धित समाचार