मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

  • बुधबार, बैशाख ३१, २०७७
थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो।

साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तुका छन्। उनीहरु सबैको आरडीटी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार