शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नगरस्तरिय विपद् पुर्वतयारी तथा प्रतिकार्य याेजना मस्यौदामा १ दिने छलफल कार्यक्रम सम्पन्न

नगरस्तरिय विपद् पुर्वतयारी तथा प्रतिकार्य याेजना मस्यौदामा १ दिने छलफल कार्यक्रम सम्पन्न

  • मङ्लबार, बैशाख ३०, २०७७
नगरस्तरिय विपद् पुर्वतयारी तथा प्रतिकार्य याेजना मस्यौदामा १ दिने छलफल कार्यक्रम सम्पन्न

चक्र अएडी–  बाजुरा जिल्लाकाे त्रिबेणी नगरपालिकामा नगरस्तरिय विपद् पुर्वतयारी तथा प्रतिकार्य याेजना मस्यौदामा १ दिने छलफल कार्यक्रम सम्पन्न  भएकाे छ । बाजुरा जिल्लाको पहिलो विपद ब्यवस्थापन प्रतिकार्य योजना पास गर्ने नगरपालिको रुपमा त्रिवेणी नगरपालिका रहेको छ ।

आज बसेको नगर कार्यपालिकाको बैठक बाट पास गरेको हो । त्यस्तै आगामि बजेट सम्बन्धि नीति तथा कार्यक्रम सम्बन्धि छलफल गर्नुका साथै विदेश मा रहेका नेपालिहरुको लागत संकलन गर्ने र बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ लाई त्रिवेणी नगरपालिकामा कसरी आगामि दिनहरुमा अगाडि लैजाने भन्ने विषयमा छलफल भएको त्रिवेणी नगरपालिकाक सुचना प्रबिधी अधिकारी नरेश राज पन्तले बताए ।

आजै त्रिवेणी नगरपालिकामा विपद ब्यवस्थापन समितिको भएकाे नेपाल रेडक्रिस साेसाइटी बाजुराकी कार्यक्रम संयाेजक इस्वरा सुबेदीले बताएकी छन् । छलपफल कार्यक्रममा बिपदमा कसरी बच्ने र सुरक्षाका उपायहरु कसरी अपनाउने भन्ने विषयमा छलफल भएको सुबेदीले बताएकी छन् । बैठक नगरप्रमुख रामसिङ रावलको अध्यक्षता मा बसेको बैठको सहजिकरण नेपाल रेडक्रस त्रिवेणी नगरपालिका शाखा प्रमुख ईश्वरी सुवेधीले गरेकाे नगरपालिकाले जनाएकाे छ । बैठकमा वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष राजनितिक दल ,पत्रकार ,बालक्लव,महिला लगायतको सहभागीता रहेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार