शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • भोको पेटले लकडाउन मान्दैन

भोको पेटले लकडाउन मान्दैन

  • सोमवार, बैशाख २९, २०७७
भोको पेटले लकडाउन मान्दैन

दयाराम पण्डित — गौमुल गाउँपालिकाकी बिमला रोकाया हिजो आज गिट्टी कुट्न ब्यस्त छिन् । बिहान उठ्यो खाना पकायो ,खायो ।दिदी बहीनी मिलेर खुसुुक्क वाउली खोला जानु र गिट्टी कुट्नु आज कालउनको दैनिकी भएको छ। कोरोना महामारीका कारण देश लकडाउन (बन्दाबन्दीमा ) छ । उनी लकडाउनकै कारण ३९ दिन सम्म घरभित्र बसेको तितो अनुुभव सुनाउँछिन् । महिना दिनसम्म पहिलेको कामबाट कमाएको घर खर्च धान्यौं ,विमलाले ज्याला मज्दुरीबाट आएको रकमले दुुई छोराको पढाइ खर्च र घर खर्च धानेकी थिइन् ।ज्याला मज्दुरी गरी कमाएको रकमवाट जोहो गरेको माना सकिएपछि लुकी छिपी गिट्टटी कुट्न थालेकी हुन ।

दिन भरि पाँच देखि सात कट्टा गिट्टी फोडेर प्रतिकट्टा ६० रुपैंयाँ पाउँछिन् । विगत लामो समय देखि गौमुल गाउँपालिका ३ माझपाली घर छोडेर सदरमुकाम मार्तडी बस्दै आएकी छन। उनका श्रीमान कमल बैदेशिक रोजगारिका लगि मलेशिया छन् । लकडाउनका कारण उनको रोजगार पनि त्यति गतिलो छैन । त्यसैगरी बडीमालिका नगरपािलका वडा नं ८ की लक्ष्मी अयडीको समस्या पनि उस्तैछ । निरन्तरको असिनापानीले लगाएको बाली सखाप भएपछि खाद्यन्न जोह गर्न गिट्टी बालुवाको भर पर्नु परेको वताउँछन् ।
गौमुलकी भारु रोकायाको पनि मार्तडी बजारमा स–सानो होटेल ब्यबसाय छ । लकडाउनकै कारण उनको होटेलमा गत चैत्र देखि कोही ग्रहाकआउँदैनन् । होटेल वन्द भएपछि उनकोअन्य आय श्रोत केही छैन । एक महिना सम्म जेनतेन घरखर्च टारि बन्दाबन्दीको ४९औं दिन वितिसक्दा जोहो गरेको खाध्न्न लगायत दैनिक उपभोग्य सामान सकिएको छ। घर जाउँ खेतीकमै छैन, बजारमा बसुु पेटमा भोक छ । “भोको पेटले लकडाउन मान्दो रहेन छ । यहां महामारीले भन्दा पनि खान नपाएर मरिएला जस्तो छ। बजारका बन्दकोठामा बस्नुभन्दा खोलाआएर गिट्टी बालुवा गरेको भारूको भनाइ छ ।
बडीमालिका नगरपालिका ८ की बृद्ध जसुदेबी रावल भन्छिन घरमा खान नपाएर भन्दा पनि बन्दाबन्दीले घरभित्रै बस्न नसकेर खोलामा हातखट्टा तान्न गिट्टी फोरेकी हुं उनले बताइन्। जीवनमा खाली कहिलै वसिएन केही काम नगरे शरिर दुख्छ दैनिक ५/६ घण्टा काम गर्दै आएको बृद्धा रावलले बताइन ।

यति वेला बाजुराको सदरमुकाम मार्तडीका प्राय सबै होटेल पसल बन्द छन् होटेल ब्यबसाय गरी दिन गुजारा गर्ने सानो पूँजी भएका होटेल  र किराना पसेललाई लकडाउनले नराम्ररी प्रभावित बनाएको छ। धेरैजसो मानिस होटेल पसल बन्द गरी थातथलो घर फर्केका छन् । खेती कृषानी छोडेका मानिस सदरमुकामको बाउली गएर मज्दुरी गर्न थालेका छन् ।
बाजुराका अधिकांस स्थानीय तहले आ–आफ्ना नागरिकलाई भन्दै पाँचदेखि बढीमा ३० केजी चामल वितरण गरेका छन् । उक्त राहातले ठूलो जहान परिवार हुनेको घरमापांच छाक भन्दा बढिलाई पुुगेन । किषानको घरमा थोरै भए पनि अनाज भित्र्याउन थालेका छन् । स साानो हेाटेल ब्यबसाय गरी जीवन निर्वाह गर्नेलाई बडी समस्या भएको छ। गाउँ जाउँ खेती छैन वजारमा काम छैन कसरी जहान पाल्ने पिरलो निम्न स्तरका बजारियालाई छ । मार्तडी बजार बासी मदन रोकायाले बताए।
सदरमुकाम मार्तडीका युवा पनि बजारको वसाइबाट दिक्क भएपछि खोलामा गएर ढुंगा फोर्न थालेका छन् । दैनिक ज्यालदारी गरी पेट पाल्ने हामी निम्न आए भएका मानिसलाई लकडाउनकै कारण पेटपाल्न मुस्कील भयो । जहा परिवार पाल्नका लागि खोलामा छौं । बडीमालिका ९ का जनक नेपालीले भने । सहकारीमा बचत गरेको पांच सय रुपिया पनि झिकेर खाइसक्औं । के गरी जहान पाल्ने बजारको लकडाउनबाट भागेर खोलामा ढुुंगा फोर्न आएका छौं अर्का युवक जंग नेपालीले भने । खुद्रापसलनचलेपछि उनीपनिदिन भरी बाउलीमा दैनिकपांच देखि सात कटा गिट्टी फोरेर कारण सदरमुकाममार्तडी बजार लकडाउनका कारण दिनप्रतिदिन । सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रमा घर भवन लगायत भौतिक संरचनाका लागि बाउली खोलाका ढुुगांले राम्रो मुल्य पाएका छन् भने पछिल्लो समयमा गिट्टी वालुवा बाट राम्रो राजश्व संकलन भएको बडीमालिका नगरपालिकाका वडा अध्यक्ष प्ररकाश रावलले बताए ।
सदरमुकाम मार्तडीको बीच वजारमा बेलुकी चार वजे पछि हिडडुल गर्ने मानिस र बिकाश निर्माणमा काम गर्ने श्रमिकलाई प्रहरीले नियन्त्रण लिने गरेको छ। सामाजिक दुरीका नगर्नेलाई र विनाकाममा बजार हिड्लेलाई नियन्त्रणमा लिई केही समय सम्झाएर पठाउने गरेको प्रहरी निरिक्षक एबं जिल्ला प्रहरी कार्यालय बाजुराका सुचनाअधिकारी दानबाहादुर रोकायाले बताए  ।

चर्चामा

सम्बन्धित समाचार