बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • निशुल्क सेवा दिन बैतडी लागे डाक्टर केसी

निशुल्क सेवा दिन बैतडी लागे डाक्टर केसी

  • सोमवार, बैशाख २९, २०७७
निशुल्क सेवा दिन बैतडी लागे डाक्टर केसी

बझाङ : डडेल्धुरा अस्पतालमा दुई महिना निशुल्क सेवा गरेर बझाङ पुगेका प्राध्यापक डाक्टर गोविन्द केसी बैतडी तर्फ लागेका छन्। फागुन २० गतेदेखि डडेल्धुरामा निशुल्क सेवा प्रदान गरेका डाक्टर केसी बझाङमा चार दिन सेवा प्रदान गरेपछि बैतडी तर्फ लागेका हुन्।

उनले बझाङमा रहदा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गरेका थिए। बझाङ अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाका अनुसार चार दिनमा डाक्टर केसीले धेरै बिरामीलाई निशुल्क सेवा दिएभने तीन जनाको शल्यक्रिया समेत गरेका थिए।

‘बझाङमा निशुल्क सेवा दिएपछि डाक्टर केसी बैतडी तर्फ लागेका छन्। बैतडीमा पनि बिरामीलाई निशुल्क सेवा दिने र त्यहाँबाट दार्चुला जाने तयारी गरेको बुझिएको छ।’ यसअघि डाक्टर केसी चिकित्सा क्षेत्र सुधारको माग गर्दै १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो।

चर्चामा

सम्बन्धित समाचार