बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढी उप-महानगरपालिकाले राहतमा बाड्यो कुहिएको चामल

धनगढी उप-महानगरपालिकाले राहतमा बाड्यो कुहिएको चामल

  • सोमवार, बैशाख २९, २०७७
धनगढी उप-महानगरपालिकाले राहतमा बाड्यो कुहिएको चामल

धनगढी : धनगढी उ–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको छ। उप–महानगरपालिकाले खरिद गरेर वितरणका लागि वडाहरुमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि स्थानीयले फिर्ता गरेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीकी सीता थापाले वडा कार्यालयबाट राहतमा मिलेको चामल कुहिएको भेटिएपछि फिर्ता गरेको बताईन्।

‘हिजो बेलुका राहतमा मिलेको चामल प्याक गरेको थियो। बाहिर कुनै छाप र उत्पादन मिति पनि छैन्। घरमा पुगेर खोलेर हेर्दा पूरै कुहिएको रहेछ,’ उनले भनिन्, ‘चामलमा सेता लामा–लामा किराहरु देखेपछि आज फिर्ता गर्न ल्याएकी हुँ।’

यस्तै वडा नम्बर ४ कै मञ्जु नाथले पनि राहतमा पाएको चामलमा किरा परेको भेटिएपछि फिर्ता गरेको बताईन्। उनले कोरोना भाईरसको महामारीका बेला उप–महानगरपालिकाले वितरण गरेको चामलमा किरा परेकोले स्वास्थ्यमा असर पर्ने भएकाले फिर्ता गरेको नाथको भनाई थियो। ‘के हामी गाईवस्तु हौँ र? कुहिएको चामल खानलाई ?’ उनले दिनेश खवरलाई भनिन्।

वडा कार्यालयले भने मिलबाट प्याकिङ भएर आएकाले कुनै शंका नगरी सोझै नगरबासीलाई वितरण गरेको दावी गरेको छ। वडा अध्यक्ष दीपक थापाले राहतमा वितरण गरिएको ६–७ कठ्ठा चामल कुहिएको र किरा परेको भन्दै फिर्ता आएको स्वीकार गरे।

उनले तत्काललाई वितरणको काम रोकेकाले उप–महानगरपालिकासँग छलफल गरेर अगाडी बढ्ने बताए। थापाका अनुसार उप–महानगरपालिकाले दिएको टोकनका आधारमा मिलबाट चामल ल्याईएर सोझै वितरण गरिएको थियो।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले राहतका समाग्री आपूर्ती गर्ने जिम्मा धनगढीकै ठाकुर ट्रेड लिंकलाई दिईएको बताए।

उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्वीन्टल चामल, ८ सय क्वीन्टल  दाल लगायतका समाग्री आपूर्तीका लागि ठेक्का गरेको थियो। #दिनेश

चर्चामा

सम्बन्धित समाचार