बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • लिपुलेक र कालापानी नजिकै सशस्त्र खटाउने तयारी

लिपुलेक र कालापानी नजिकै सशस्त्र खटाउने तयारी

  • सोमवार, बैशाख २९, २०७७
लिपुलेक र कालापानी नजिकै सशस्त्र खटाउने तयारी
फाइल फाेटाे

धनगढी : दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी खटाउने तयारी भएको छ। व्यास गाउँपालिका १, छाङरुमा यसअघि नै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय भएकोमा सोही निर्णयअनुसार तत्कालका लागि अस्थायी र संरचना बनेपछि स्थायी रूपमा बस्ने गरी सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइन लागेको हो।

सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भनिएको स्थानबाट कालापानी झन्डै १० किलोमिटर र लिपुलेक २० किलोमिटर दुरीमा छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविन श्रेष्ठले भने, “बीओपी राख्ने निर्णय पहिले नै भइसकेको हो। केही दिनमै टोली त्यहाँ जान्छ। भाडाका घरमा र टेन्टमा बस्न सुरु गर्छौं।”  तत्काल प्रहरी निरीक्षकको कमान्डमा टोली पठाउने तयारी रहेको उनले बताए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार