बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • थप १० जनामा काेराेना पाेजेटिभ सक्रमितकाे स‌ख्या १२० पुग्याे

थप १० जनामा काेराेना पाेजेटिभ सक्रमितकाे स‌ख्या १२० पुग्याे

  • सोमवार, बैशाख २९, २०७७
थप १० जनामा काेराेना पाेजेटिभ सक्रमितकाे स‌ख्या १२० पुग्याे

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार