• होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाले ल्यायो जिल्ला बाहिर रहेकालाई राहत प्याकेज

बुढिनन्दा नगरपालिकाले ल्यायो जिल्ला बाहिर रहेकालाई राहत प्याकेज

  • आइतवार, बैशाख २८, २०७७
बुढिनन्दा नगरपालिकाले ल्यायो जिल्ला बाहिर रहेकालाई राहत प्याकेज

बाजुरा — बुढिनन्दा नगरपालिकाले जिल्ला बाहिर रहेका नागरिकहरुका लागि राहत प्याकेज ल्याएको छ । आज बसेको बुढिनन्दा नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नेपालका विभिन्न स्थान भित्र अलपत्र परेका बुढिनन्दा नगरपालिकाका श्रमिक,उपचारको सिलसिलामा अलपत्र परेका स्थानीय र विद्यार्थीहरुलाई राहत प्याकेज ल्याएको बुढिनन्दा नगरपालिका वडा न ५ का वडाअध्यक्ष तथा नगरपालिकाका प्रबक्ता कृष्णराज पाध्यायले बताएका छन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बुढिनन्दा नगरपालिकाका स्थानिय जिल्ला बाहीर रहेका र समस्यामा परेका बिरामी श्रमीक र बिध्यार्थीहरुका लागि राहत प्याकेज ल्याएको वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता पाध्यायले बडिमालिका खवरलाई जानकारी दिएका छन् ।
राहत प्याकेज ३ प्रकारमा बिभाजन गरि बितरण गरिने भएको नगरापलिकाका प्रमुख पदम कुमार गिरीले बताय । जसमा बिरामीहरुका लागि ५ हजार श्रमिकलाई ४ हजार र विद्यार्थीहरुका लागि ३ हजार ५ सयका दर दिने निर्णय गरेको नगर प्रमुख गिरीले जानकारी दिएका छन् ।
राहत प्याकेजका लागि जिल्ला बाहिर रहेका सबैले आ आफ्नो वडामा सम्र्पक गर्नुपर्ने र वडाबाट गरिएको सिफारीसका आधारमा राहत प्याकेज बितरण गरिने नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार