शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • लकडाउनकाे समयमा बाजुरामा तीन महिलाले गरिन आत्महत्या

लकडाउनकाे समयमा बाजुरामा तीन महिलाले गरिन आत्महत्या

लकडाउनमै सुदूरपश्चिममा गरे ८४ जनाले आत्महत्या

  • शुक्रबार, बैशाख २६, २०७७
लकडाउनकाे समयमा बाजुरामा तीन महिलाले गरिन आत्महत्या

 सुदूरपश्चिम–  सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ। प्रदेशभरी लकडाउनपछि अपराधिक गतिविधिमा कमी आएपनि आत्महत्याको क्रम भने लकडाउनमा पनि रोकिएको छैन्।

लकडाउनको ४५ दिनमा सुदूरपश्चिमका नौँ जिल्लामा ४६ जना पुरुष र ३८ जना महिला गरी ८४ जनाले आत्महत्या गरेका छन्। कैलालीमा सबैभन्दा बढि २४ जना पुरुष र नौँ जना महिला गरी ३३ जनाले आत्महत्या गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कञ्चनपुरमा १२ महिला र ५ पुरुष गरी १७, डोटीमा ६ पुरुष र ६ महिला गरी १२, डडेल्धुरामा दुई पुरुष र एक महिला गरी तीन, बैतडीमा तीन पुरुष र एक महिला गरी चार, दार्चुलामा दुई पुरुष र दुई महिला गरी चार, अछाममा चार पुरुष र दुई महिला गरी ६, बाजुरामा तीन महिला र बझाङ जिल्लामा दुई महिलाले आत्महत्या गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा आत्महत्याको दर हेर्दा दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढि छ। सुदूरपश्चिमका नौँ जिल्ला मध्ये सबैभन्दा बढि कैलालीमा आत्महत्या गर्नेको सङख्या छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले शहरीकरणले पनि आत्महत्याको दर बढाएको बताए।

‘सहरमा जिविका चलाउन सहज नहुने भएकाले सोही कारणले निराशा उत्पन्न हुने र आत्महत्यालाई रोज्ने समस्या बढेको छ,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्चालको गलत प्रयोगले पनि विभिन्न समस्यामा फस्ने र सोही समस्याबाट उम्किन नसक्दा आत्महत्या रोज्ने समस्या समेत बढेको छ।’

उनका सार जिल्लामा नौँ बर्षका बालकले समेत आत्महत्या गरेका छन् भने लकडाउनकै अवधिमा ६० बर्षभन्दा माथिका बृद्धले समेत आत्महत्या गरेका छन्। अधिकासं विवाहित महिला र पुरुषले आत्महत्या गरेका छन्।

शहर बजारमा हुने अभाव र गरीबीले थिचिएर पनि धेरैले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको बुझाई छ। आत्महत्या गर्नुको कारण सतहमा जे देखिए पनि गहिरिएर हेर्दा अधिकांशमा गरीबी प्रमुख रहेको समेत प्रहरी अधिकारीले बताउँदै आएका छन्।

गरीबीले ल्याउने मानसिक तनाव अरूको भन्दा खप्नै गाह्रो पर्ने हुने भएकाले गरिबीले आत्महत्या निम्त्याएको धेरैको बुझाई छ। पहाडी जिल्ला र ग्रामिण क्षेत्रको तुलनामा सहरमा आत्महत्या बढि हुनुको अर्को कारणका रुपमा प्रहरीले अवैध सम्वन्ध पनि रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले सहर बजारमा प्रेममा धोका पाएर पनि धेरै युवा युवतीहरुले आत्महत्याको बाटो रोजेको बताए। ‘सहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ।’ प्रहरी नायव उपरिक्षक पौडेलले भने।

विगतमा आत्महत्या भन्ने वित्तिकै फाईल बन्द गर्ने प्रहरीले विस्तारै आत्महत्याको समेत अनुसन्धान भने गर्न थालेको छ। प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको हो। अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार