बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो सरकारको यस्तो चाल छ

हाम्रो सरकारको यस्तो चाल छ

  • शनिबार, बैशाख २०, २०७७
हाम्रो सरकारको यस्तो चाल छ

हाम्रो सरकारको यस्तो चाल छ हेर्न नभुले,
त्यसैले जनता को बुरा हाल छ हेर्न नभुले।

पर्वाशमा नागरिक अकालमै मर्दैछन हेर त,
देश मा भ्रष्टचारी माला माल छ हेर्न नभुले।

कसैलाई न गास न बास देश बिहिन भयौँ,
कसैको सम्पति फाला फाल छ हेर्न नभुले।

दुनिया का कयौँ देशभित्र लाकडाउँन हुँदा,
गरिब मज्दुर हरु मा अकाल छ हेर्न नभुले।

ए सरकार बोलाउ आफ्ना शन्तान देशभित्र,
अँझै थोरै स्वास हड्डि र खाल छ हेर्न नभुले।
सुरेशकुमार पान्डे १-५-२०२०,

चर्चामा

सम्बन्धित समाचार