बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • गौमुल
  • लडेर टाउको फुटेका कमलकाे उपचारका लागि नेपालगंज लैजानेक्रममा बिचबाटाेमै मृत्यु

लडेर टाउको फुटेका कमलकाे उपचारका लागि नेपालगंज लैजानेक्रममा बिचबाटाेमै मृत्यु

  • बिहिबार, बैशाख १८, २०७७
लडेर टाउको फुटेका कमलकाे उपचारका लागि नेपालगंज लैजानेक्रममा बिचबाटाेमै मृत्यु

गौमुल गाँउपालिका ४ कौडाकोटका १६ बर्षका कमल धामीकाे उपचारका लागि नेपालगंज लैजाने क्रममा बिच बाटाेमै मृत्यु भएकाे छ । जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्ने भए पछि नेपालगंज लैजाने क्रममा अछामकाे साफेबगर नजिकै मृत्यु भएकाे उनका अाफन्तले बताएका छन् । गाँउ नजिकै जंगलमा बाख्रा चराउने बेला बुधवार दिउँसो लडेर उनको टाँउको फुटेको कमलका अंकल दिपक धामीले वताएका छन् ।
आफन्तले जिल्ला अस्पताल बाजुरामा कमललाई पुर्याएको थियो । अस्पतालमा उपचार सम्भब नहुने भनेर रिफर गरेको भएपनि धामीकाे बिचबाटामै मृत्यु भइसकेकाे जानकारी भएकाे छ । आमाको मृत्यु भइसकेका कमलका बुवा कामका लागि काठमाडौ गएका थिए, लकडाउने उतै अलपत्र रहेका छन् ।
कमलको टाँउको फुटेर गिद्धि समेत बाहिर देखिएकोले यहाँ उपचार हुने सम्भाबना नै नरहेको भन्दै जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएकाे जिल्ला अस्पताल बाजुराका  प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।  टाँउकोमा गम्भिर चोट लागेकाले कमलको अबबस्था निकै चिन्ताजनक रहेको थियाे अस्पतालले जनाएकाे  छ ।

चर्चामा

सम्बन्धित समाचार