बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • गौमुल गाउँपालिकाले जिल्ला बाहिर रहेकालाई राहत वितरण शुरु

गौमुल गाउँपालिकाले जिल्ला बाहिर रहेकालाई राहत वितरण शुरु

  • मङ्लबार, बैशाख १६, २०७७
गौमुल गाउँपालिकाले जिल्ला बाहिर रहेकालाई राहत वितरण शुरु

गौमुल गाउँपालिकाले जिल्ला बाहिर रहेकालाइ राहत बितरण शुरु गरेकाे छ । म‌गलवार मात्र काठमाडाैमा रहेकालाइ राहत बितरण गर्ने भएकाे गाँउपालिकाका अध्यक्ष हरि बहादुर राेकायाले बडिमालिका खबरलाइ जनाएकाे छ । अध्ययन र कामको शिलशिलामा जिल्ला बाहिरका विभिन्न शहरमा गएका गाउँपालिका बासीहरुलाई राहत वितरण गर्ने भएको हाे । कामका लागि शहर छिरेका र पढाईको शिलशिलमा संघीय राजधानी काठमाण्डौं, पोखरा र नेपालगञ्ज लगायत अन्य शहरमा रहेकाहरुलाई सम्बन्धित ठाउँमा नै राहत गाउँपालिकाले वितरण गर्ने भएको हो ।

गाँउपालिकाले काठमाडाैमा केशर बहादु राेकाया, पाेखरामा आशिष राेकायालाइ राहत बितरणका लागि प्रतिनिधि ताेकेर राहत बितरण गर्ने भएकाे छ । अन्य शहरमा रहेकालाइ गाँउपालिकामा सम्पर्क गर्न र त्यहि अनुसार राहत बितरण गर्ने गाँउपालिकाले जनाएकाे छ । गाउँपालिमा ल्याउँदा अन्य जोखिम समेत बढ्ने तथा थप क्वारेन्टाइनमा बस्नुपर्ने हुदाँ उतै सुरक्षित ठाउँमा रहेका कारणले समेत राहत सबै ठाउँमा उपलब्ध गर्ने गरी वितरण गरिने गाउँपालिकाका अध्यक्ष रोकायाको वताउँछन् । गाउँपालिकाका भित्रको कुनै पनि व्यक्तिलाई कुनै समस्या नपरोस् भनेर सम्पर्क व्यक्ति समेत तोकिएको छ । कोरोना रोग महामारी संकटको समयमा असुविधालाई मध्येनजर गरी सुविधा दिईने भएको छ । नेपाल सरकारले निर्धारण गरेको राहत प्याकेज अनुसार नै राहत वितरण गरिने भएको छ ।    प्रति व्यतिलाई चामल, दाल, नुन, तेल र साबुन लगायत खाद्यान्न सामाग्रीहरु वितरण गरिने भएको छ ।  

चर्चामा

सम्बन्धित समाचार