शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • लकडाउनको मौका छोपी वडा कार्यालय सारिएको बारे स्थानीयको बिरोध

लकडाउनको मौका छोपी वडा कार्यालय सारिएको बारे स्थानीयको बिरोध

  • सोमवार, बैशाख १५, २०७७
लकडाउनको मौका छोपी वडा कार्यालय सारिएको बारे स्थानीयको बिरोध

राजेन्द्र बिक–  त्रिवेणि नगरपालिका वडा न.९ को कार्यालय लकडाउनको मौकापारी सराइएको प्रती स्थानीयले बिरोध जनाएका छन्।स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार स्थायी वडा पालिकाको स्थाइ केन्द्र वडा समितिको दुई तिहाइ बाट सरकारले परिवर्तन गर्न मिल्ने तर अस्थायी रूपमा सरकारले तोकिएको केन्द्र बाहेक अन्यन्त्र सार्न नमिल्ने प्रावधान नरहेको भएपनी वडा अध्यक्षले मनोमानी तरिकाले वडा कार्यालय सारेको स्थानिय बलराम बिस्टले बताएका छन्। त्रिवेणी नगरपालिका वडा नं ९ बाँगापाटामा एकजना ब्यक्तिमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको थियो पोजेटिभ देखिएकै ब्यक्तिको घर नजिक पहिला वडा कार्यालय रहेको र त्यतिखेरै कोरोनाको डरले वडा कार्यालय सारिएको हुनु पर्ने अर्का स्थानीय लोचन बिस्टले बताए।अहिले वडा कार्यालय रत्न मा बि को भवनमा सारिएको छ। वडा कार्यालय तत्काल सबैको पाएक पर्ने ठाउमा नसारिए वडाबासी आन्दोलनमा उत्रिने बलराम बिस्टले जानकारी बताएका छन् ।उता वडा अध्यक्ष वीर बहादुर बिष्टले भने वडा कार्यालय घरमा रहेको र घरका कोठा बैठकहरु संचालन गर्न ठाउँ अपर्याप्त हुने र अहिले झन् सामाजिक दुरिकायम गरेर बैठक संचालन गर्दा ठाउनै नपुग्ने हुदा ब्यबहारिक हिसाबले अस्थायी रुपमा रत्न मा.बि.मा सारिएको र छिट्टै सबैको पाएक पर्ने ठाउँमा राखिने भएकाले यसलाइ धेरै ठूलो विषय नबनाउन आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार