शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘फेक एकाउन्ट’ले वर्षा हैरान, कानुनी उपचार खोज्ने

‘फेक एकाउन्ट’ले वर्षा हैरान, कानुनी उपचार खोज्ने

  • शुक्रबार, बैशाख १२, २०७७
‘फेक एकाउन्ट’ले वर्षा हैरान, कानुनी उपचार खोज्ने

काठमाडौं — अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो नामको फेक एकाउन्ट बनाउने विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । उनले आफूले अहिलेसम्म आधिकारिक टिकटक र ट्वीटर अकाउन्ड नबनाएको बताउँदै अहिले चलेको आफ्नो एकाउनड सबै नक्कली रहेको जानकारी दिएकी छन् ।

‘मेरो अहिलेसम्म अफिसियल टिकटक र ट्वीटर आइडी छैन’ उनले अगाडि भनेकी छन् ‘लकडाउन सकिएलगत्तै यस विषयमा कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने छु ।’

अभिनेत्री शिवाकोटी पछिल्लो समयको चलेकी अभिनेत्री हुन् । पछिल्लो समय धेरै चलचित्र अभिनय गरेकी वर्षाको चलचित्र हिट भने हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार